नेकपा दाङले ‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यताका साथ मनाउने

डेली न्युजराप्ती       ६ मंसिर २०७९ १६:५५ मा प्रकाशित     201 No Comments

नेकपा दाङको सचिवालयको विस्तारित बैठक सम्पन्न,पार्टी पुनर्गठन दिवस भव्यताका साथ मनाउने निर्णय
दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले ‘नवौं पार्टी पुनर्गठन दिवस’ भव्यतापूर्वक मनाउने निर्णय गरेको छ ।

नेकपा दाङको मंगलबार बसेको विस्तारित बैठकले मंसिर ८ गते पार्टीको पुनर्गठन दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

उक्त पार्टीले मङ्सिर ८ गते ‘नवौं पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔ , एकीकृत जनक्रान्तिको दिशामा अघि बढौ ‘ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा मनाउने बताएको छ।
नेकपा दाङले पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाव्यापी दिप प्रज्वलन,शुभकामना आदानप्रदान,टीका आदानप्रदान,जवस/मोर्चाको आयोजनामा विभिन्न रचनात्मक कार्यक्रम गर्ने निर्णय हो । यस्तै पार्टीका नेता-कार्यकर्ता सहित कार्यकर्ताका परिवारसहित शुभकामना आदानप्रदान कार्यक्रम गर्ने समेत नेकपा दाङले जनाएको छ ।

२०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा–माओवादी गठन भएको दुई वर्षसम्म क्रान्तिको नयाँ कार्यदिशा तय हुन नसकेपछि २०७१ साल मङ्सिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ । केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछिका दुई वर्ष नेकपाले प्रतिबन्धित अवस्थामै पार्टी पुनर्गठन दिवस मनाएको थियो ।
जनयुद्ध सञ्चालन भइरहेको समयमा २०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेना घोषणा गरी तत्कालीन शाहीसेनाका कयौँ क्याम्पहरूमा हमला गरेर विजय प्राप्त गरेको दिन पनि भएकाले यो दिन नेपालको राजनीतिक आन्दोलनको इतिहासमा स्मरणीय र ऊर्जाशील छ । अझै नेपालका क्रान्तिकारी र मालेमावादी राजनीतिक पार्टीहरूका लागि त यो दिन विशेष पर्वको दिन बनेको छ ।

नेकपाका पोलिट्ब्युरो सदस्य तथा दाङका इन्चार्ज शितल सीको प्रमुख आतिथ्य , पार्टीका केन्द्रीय सदस्य बिक्रम सीको आतिथ्यमा सम्पन्न बैठकको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी एवम केन्द्रीय समितीका सदस्य प्रदिप सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार