एमसीसी विरुद्ध फेरि संघर्षमा जुट्यो नेकपा, ३० गते देशव्यापी प्रदर्शन

डेली न्युजराप्ती       २१ श्रावण २०८२ ०६:३७ मा प्रकाशित     194 No Comments

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले एमसीसी घातक परियोजना भएको भन्दै साउन ३० गते देशका मुख्य सहरमा एमसीसी विरुद्ध जनप्रर्दशनको आह्वान गरेको छ।
नेकपाको एमसीसी सरोकार समितिका संयोजक भरत सीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै घातक एमसीसी विरुद्ध साउन ३० गते मुख्य सहरमा हुने जनप्रर्दशन सफल पार्न सबैमा आह्वान गरेका छन् ।
नेकपाले अमेरिकाले केही महिना अगाडि स्थगित गरेको एमसीसी परियोजना नेपालमा पुनः सुरु गर्ने निर्णय गरेकोमा गम्भीर बनाएको भन्दै अमेरिकी साम्राज्यवादी गलत नीति र निर्णयको विरोध गर्दछौं भनेको छ ।
‘एमसीसी विरुद्ध नेकपासँगै स्वाभिमानी नेपाली जनता आन्दोलनरत छन् । परिमार्जन विना जबरजस्ती पुनः एमसीसी लाद्नु घातक छ’ नेकपाले जारी विज्ञप्तिमा भनेको छ, ‘एमसीसी विरुद्धको न्यायोचित देशभक्तिपूर्ण जनसंघर्ष अघि बढाउन र सफल पार्न सम्पूर्ण देशभक्त, वामपन्थी – कम्युनिस्ट, समाजवादी र गणतन्त्रवादी शक्तिलाई हार्दिक अनुरोध गर्दछौं ।’
नेकपाले एमसीसी रहेसम्म यसका विरुद्धको देशभक्त जनताको संघर्ष जारी रहने चेतावनी दिएको छ । नेकपाले साउन ३० गते हुने एमसीसी विरुद्धमा देशका मुख्य शहरमा हुने जनप्रर्दशन सफल पार्न सम्पूर्ण सचेत नागरिकलाई विशेष अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार