सुर्खेतमा प्रदर्शनकारीको प्रतिरोध, इन्सपेक्टरसहित १८ प्रहरी घाइते

डेली न्युजराप्ती       १७ फाल्गुन २०७८ १७:०६ मा प्रकाशित     401 No Comments


दाङ। सुर्खेतमा एमसीसीको विरोधमा प्रदर्शनकारीले राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गर्न थालेपछि लगाइएको कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी राखेका छन् । प्रहरीले कर्फ्यु उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ भने झडपमा इन्सपेक्टरसहित १८ प्रहरी घाइते भएका छन् ।घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका हुन् । ढंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन् । प्रहरीका अनुसार दुईजना सर्वसाधारणसमेत घाइते भएका छन् । प्रदर्शनका कारण सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु आदेश जारी गरेको हो । हिजो राति सवा ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि आदेश जारी भएको हो । हिजो बन्दकर्ताले सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमा आगजनी र तोडफेड गरेका थिए । एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरुले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका हुन् ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार