जब प्रहरी राती ११:४० बजे क्याम्पसभित्र छिरेर बिद्यार्थीका टाउको फोड्यो, घटना कसरी घट्यो?

डेली न्युजराप्ती       ७ भाद्र २०८१ १७:२८ मा प्रकाशित     322 No Comments

हेमन्त प्रकाश वली ।
भदौ ६, तुलसीपुर ।

नेपाल संस्कृत बिश्वविधालय अन्तर्गत केन्द्रीय आयुर्वेद विधापिठका बिद्यार्थीहरु केही समयदेखि आन्दोलित थिए।
विधापिठमा आठौं व्याचका बिद्यार्थीहरुले क्याम्पस प्रशासन समक्ष विविध माग राखेर आन्दोलन गरिरहेका थिए ।

बिद्यार्थीहरुले आन्तरिक मुल्यांकनमा घोटाला गरेको , अनावश्यक रुपमा प्रयोगात्मक परिक्षामा फेल गराउने गरेको लगाएतका माग राखेर आन्दोलन गरेका हुन् ।

आन्दोलित बिद्यार्थीहरुसंग क्याम्पस प्रशासनले विभिन्न चरणमा वार्ता एवम संवाद गरिरहेको थियो ।

बुधबार पनि केन्द्रीय आयुर्वेद विधापिठमा आन्दोलनरत पक्ष र क्याम्पस प्रशासनबिच राती अबेरसम्म वार्ता चलिरहेको थियो ।
निमित्त क्याम्पस प्रमुखले वार्ताका लागि बोलाएपछि आन्दोलनरत बिद्यार्थीहरु क्याम्पसमा पुगेर क्याम्पस र बिद्यार्थीहरुबिच वार्ता सुरु भयो ।

यत्तिकैमा राती अबेरसम्म वार्ता बसिरहेका बेला करिव ११:४० बजे प्रहरी क्याम्पसमा पुगेको र आन्दोलनरत बिद्यार्थीहरुमाथी लाठीचार्ज सुरु गरेको बिद्यार्थीहरुले वताएका छन् ।

प्रहरीको लाठीचार्जबाट ६ जना बिद्यार्थीहरु घाइते समेत भएका छन् ।
प्रहरीको लाठीचार्जबाट केहि बिद्यार्थीको टाउको समेत फुटेको छ भने अन्यलाई शरीरका अन्य अंगमा चोट लागेको बुझिएको छ ।

प्रहरीलाई क्याम्पस प्रमुखले नै आफुलाई बन्दी बनाइएको भनी फोन सम्पर्क गरेपछि सुरक्षाका लागि प्रहरी त्यहाँ पुगेको बुझिएको छ ।

यता आन्दोलनरत बिद्यार्थीहरुले क्याम्पस प्रमुखले वार्ता लागि भनी राती बोलाउने र आँफैले प्रहरी परिचालन गरेर बिद्यार्थीहरुमाथी लाठीचार्ज गर्न लगाएको आरोप लगाएको छ ।

यता केन्द्रीय आयुर्वेद विधापिठका क्याम्पस प्रमुख डा.रामचन्द्र अधिकारीले आफुले प्रहरीलाई नबोलाएको बताए ।

उनले भने– ‘ मैले प्रहरीलाई बोलाएको होइन अझ मेरो कुरा त मलाई सोध्दै नसोधेर प्रहरीले बिद्यार्थीलाई कुटपिट गरेको घटनाप्रती दुख व्यक्त गर्दछु । त्यसरी मलाई नसोधेर क्याम्पस हाताभित्र बिद्यार्थी कुटेर प्रहरीले गल्ती गरेको छ ।’

क्याम्पस प्रमुख अधिकारीले आफु काठमाडौं जाँदा निमित्त दिएर गएको र आन्दोलित विद्यार्थीले मंगलबार क्याम्पस तोडफोड गरेपछी अस्थायी प्रहरी बिट बेलझुण्डीलाई खबर गरेको बताए ।

म काठमाडौ भएको बेला बिद्यार्थीले तोडफोड गरेका रहेछन् मैले त्यसको जानकारी गराएको हुँ ।’, उनले थप भने , ‘ बिद्यार्थीहरुले मंगलबारदेखि बुधबार अबेरसम्मपनि निमित्त प्रमुखलाई वार्ताको नाममा खाना समेत खान नदिइ घर समेत जान दिएका रहेनछन् । म काठमाडौंबाट फर्केर वार्तामा सहभागी हुन पुगे तर राती अबेरसम्म वार्ता टुँगिएन । मैले प्रहरीलाई खबर गरेर बोलाएको होइन , यो झुट कुरा हो । मलाई बिद्यार्थी कुट्ने प्रहरीको कार्य ठिक लागेको छैन् ।’

इलाका प्रहरी कार्यालय तुलसीपुर र जिप्रका घोराहीको टोलि क्याम्पस हाताभित्र प्रवेश गरि बिद्यार्थी कुटेको डा.अधिकारीले बताए ।

यता घटनाका प्रत्यक्षदर्शी हरि रिजालले वार्ताको नाममा क्याम्पस प्रमुखले प्रहरी बोलाएर बिद्यार्थी कुटाएको जिकिर गरेका छन् ।

उक्त घटनाको स्वतन्त्र बिद्यार्थी युनियन जनता बिधापिठले समेत एक प्रेस बिज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा एवम निष्पक्ष छानविनको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार