नेकपा पश्चिम दाङद्वारा पार्टी कार्यकर्ता प्रेम विकलाई कारवाही!

डेली न्युजराप्ती       ३० असार २०८० ००:२८ मा प्रकाशित     582 No Comments

पार्टीको अनुशासन उल्लंघन गरेकाले कारवाही गरिएको नेकपाको स्पष्टीकरण!
असार ३० , दाङ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले पार्टी अनुशासन उल्लंघन गरेका एकजना कार्यकर्तालाइ कारवाही गरेको छ ।
नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले एक प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीका शान्तिनगर गाउँपालिकाका कार्यकर्ता प्रेम विकलाई कारवाही गरिएको जनाएका छन्।

जारी बिज्ञप्तिमा शान्तिनगर गाउँपालिका पार्टीका कार्यकर्ता प्रेम विकले पटकपटक पार्टीको नीति तथा अनुशासन भन्दा बाहिर गएर पार्टीलाई आँच पुर्याउने खालका गतिविधि गरेको र रुपान्तरण हुने अवसर पटकपटक दिँदापनि रुपान्तरण नभई सोही गतिविधि दोहोर्याइरहेकाले निजलाई पार्टीको समान्य सदस्य समेत नरहने गरि कार्वाही गरिएको स्पष्ट गरिएको छ ।

यस्तो छ प्रेस बिज्ञप्तिको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार