आधारभूत पत्रकारिता तालिम अर्घाखाँचीमा दोस्रो दिन पनि जारी!

डेली न्युजराप्ती       १२ असार २०८० २१:३८ मा प्रकाशित     160 No Comments

सन्धिखर्क/ अर्घाखाँचीमा सोमबार देखि जारी चार दिने आधारभूत पत्रकारिता तालिम दोस्रो दिन पनि जारी रह्यो।पहिलो र दोस्रो दिनको तालिममा समाचार सम्बन्धि विभिन्न बिषयमा विधागत प्रशिक्षण दिएको छ।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको आधारभूत पत्रकारिता तालिममा समाचार के हो?कसरी लेखिन्छ? लेख्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने बारे प्रशिक्षण दिइएको छ।
तालिमका प्रशिक्षक जनपत्रकार संगठन नेपालका केन्द्रिय सचिव वसन्त बिकले तालिमलाई थप प्रभावकारी र सिकाई उपलब्धि हासिल गर्न सैद्धान्तिक बिषय मात्र नभई ब्यबहारिक अभ्यासमा समेत जोड दिईरहेको बताए।उनले पत्रकारिता पेशा भनेको समाजको ऐना भएको बताउदै जनताको वास्तविक पिडा र सत्यतथ्य घटनामा केन्द्रित भइ सजिव रुपमा समाचार संकलन, सम्प्रेषण र लेखन गर्न आग्रह गरे।
तालिमका प्रशिक्षक श्याम घिमिरेले उद्घोषण र रेडियो पत्रकारिता, प्रशिक्षक सन्तोष के सीले अनलाइन तथा मोबाइल पत्राकारिता सम्बन्धि प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए।

तालिममा सहभागीहरुले तालिम उपलब्धिमुलक भईरहेको र नयाँ ज्ञान सिक्ने अवसर पाएको भन्दै आफुहरुले प्राप्त ज्ञानलाई समाजका लागि प्रयोग गर्ने प्रतिक्रिया दिएका छन।

तालिमको बीच-बीचमा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्माको प्रत्यक्ष सहभागितामा छलफल , अन्तर्कृया तथा विधागत अभ्यास भईरहेको छ।

चार दिनसम्म चल्ने भनिएको आधारभूत पत्रकारिता तालिमको नेकपा पोलिटब्यूरो सदस्य सञ्जीव सीले सोमबार उद्घाटन गरेका थिए भने तालिम असार १४ गते सकिने जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश संयोजक राजेन्द्र रावत क्षेत्रीले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार