तुलसीपुरमा मंसिर १५ देखि २६ गतेसम्म ५ करोड कारोबार गर्ने लक्ष्य सहितको महोत्सव संचालन हुँदै

डेली न्युजराप्ती       ८ आश्विन २०७९ १८:०६ मा प्रकाशित     254 No Comments


तुलसीपुर,८-असोज/ दाङको तुलसीपुरमा पर्यटन, प्रबर्द्धन, तथा कुषि व्यापारिक महोत्सव सञ्चालन हुने भएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा आउँदो मंसिर १५ गते देखि २६ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन गरेर आउँदो मंसिर १५ गते देखि २६ गतेसम्म तुलसीपुर उपहानगरपालिका वडा नं.६ हात्तिखौवामा महोत्सव सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरले जानकारी दिएको हो । युथ्स अफको भवन निर्माणका साथै तुलसीपुरमा अध्ययन कक्ष निर्माणका लागि महोत्सव आयोजना गर्न लागेको आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिए ।

अध्यक्ष लहरेका अनुसार महोत्सवमा विभिन्न ३५० वटा स्टल रहने छन् । ति मध्य २५० व्यापारिक स्टल, २५ वटा कृषि स्टल, ५० वटा उद्योग स्टल, १५ वटा वित्तिय स्टल, १० वटा स्वास्थ्य स्टल, १५ वटा पर्यटन स्टल र १० वटा सूचना केन्द्र स्टल रहने अध्यक्ष लहरेले बताए । महोत्सवमा ५ लाख दर्शक भित्राउने र ५ करोड वरावरको कारोबार गर्ने आयोजकको लक्ष्य छ । त्यसका साथै विभिन्न मनोरञ्जनका कार्यक्रम पनि हुने पनि आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार