गुरुजजुर शिक्षक कुटपिट प्रकरण: छानवीन समितिको प्रतिवेदनले के भन्छ?

डेली न्युजराप्ती       ९ जेष्ठ २०८० २२:१८ मा प्रकाशित     163 No Comments

जेष्ठ ९ , तुलसीपुर । गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरमा भएको घटनाका बारेमा गठित छानविन समितिले प्रतिवदेन वुझाएको छ ।
छानबिन समितिले ३ वटा विकल्प सहितको प्रतिवेदन सोमबार तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खडकालाई बुझाएको हो । प्रतिवेदनमा घटनामा मुछिएका शिक्षकलाई तत्काल सरुवा गर्ने वा ३ महिनासम्म परीक्षणकालमा राखेर सुधार नभएमा सरुवा गर्ने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षलाई राजीनामा दिन लगाउने उल्लेख गरिएकाे सदस्य सचिव चक्र भण्डारीले जानकारी दिएका छन् ।

मर्यादा क्रमको विषयलाई लिएर विद्यालयका शिक्षक द्वय प्रमोद आचार्य र झक्कु प्रसाद केसीले विद्यालयको क्यालेन्डर च्यातेको विषयलाई लिएर जेठ १ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकमणी पोख्रेलले क्यालेन्डर च्यात्ने दुई शिक्षकमाथी हातपात गरेपछी छानबिन समिति गठन गरिएको हो । एक हप्ताभित्र प्रतिवेदन ल्याउने गरि जेठ २ गते छानबिन समिति गठन गरिएको थियो । शिक्षा समितिका सदस्य भीमबहादुर योगीको संयोजकत्वमा गठित समितिको सदस्यमा वडा नम्बर ४का वडाध्यक्ष तुलसी थापा र सदस्य सचिवमा चक्रबहादुर भण्डारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार