नेपाल कम्युनिस्ट पार्टी प्युठानको सेक्रेटरीमा परिवर्तन

डेली न्युजराप्ती       २५ भाद्र २०७९ ०७:४२ मा प्रकाशित     262 No Comments


राजेन्द्र रावत क्षेत्री/ प्युठान,भाद्र २५। नेपाल कम्युनिस्ट पार्टी प्युठानकाे पाँचौ जिल्ला सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।

दलाल पुँजीवादी राज्य व्यवस्था विरुद्ध एकीकृत जनक्रान्तिकाे अान्दाेलन ! सदृढ संगठन र गतिशिल विचारकाे पक्षमा पाँचौ जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनले गिरु प्रसाद भुसाल ( परिवर्तन ) सेक्रेटरी रहेकाे २९ सदस्यीय जिल्ला समिति र तीन सदस्यीय जिल्ला सल्लाहकार समिति चयन गरेकाे छ ।

सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा निर्माण विभाग प्रमुख अमर झाँक्री मगर ( सन्जिव) ले नेपालमा दलाल संसदीय व्यवस्था खारेज भैसकेकाले एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नका लागि वर्गसंघर्ष , सर्वहारा वर्गको अधिनायकत्व , सर्वहारा अन्तराष्ट्रियतावाद र महान सर्वहारा साँस्कृतिक क्रान्तिकाे विधि प्रक्रिया अवलम्वन गर्न अगुवा नेता कार्यकर्तालाई निर्देशन दिए । यतिबेला विश्व दलाल पुँजीवादले विकृत भैरहेकाेले पुँजीवादी चंगुलबाट मुक्त गर्न कम्युनिस्ट कार्यकर्ताकाे अहम भुमिका रहेकाे पनि उनले बताए ।

त्यस्तै कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज दल बहादुर के. सी. ( जागृति ) ले वर्तमान कठपुतली सरकार आफैले हस्ताक्षर गरेकाे तीन वुँदे सहमति कार्यान्वयनमा गैर जिम्मेवार देखिएकाेले सहमति कार्यान्वयनमा दवाव दिन सडकमा निर्भिकता पुर्वक खराे उत्रन विशेष आग्रह गरे । यदि सरकार सहमतिबाट पछि हटि नेकपा माथि थप दमनका श्रृङखलाहरु अपनाए इटकाे जवाफ पथ्थरले व्यहाेर्ने पनि उनले बताए । कार्यक्रममा नेकपा विशेष कमिटि सदस्य तथा जनमुक्ति सेनाका पुर्व कमाण्डर एवम् सहिद परिवार सीता बि. क. नेकपा प्युठानका पुर्व जिल्ला इन्चार्जद्वय बिक्रम नेपाली र रत्न थापा मगर, नेकपा प्युठानका पुर्व सेक्रेटरी तथा माण्डवी गा. पा. वडा नं. ४ का अध्यक्ष डिल बहादुर घर्ति मगर ( अजय ) , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य राजेन्द्र रावत क्षेत्री , सहिद परिवार तथा पार्टीका जिल्ला सल्लाहकार माेहन गिरि लगायतले पाँचौ जिल्ला सम्मेलन सफलताको शुभकामना तथा नवनिर्वाचित जिल्ला समितिलाई बधाई मन्तव्य राखेका थिए । सम्मेलन नेकपा प्युठानका सेक्रेटरी केशव थापाकाे अध्यक्षता र गिरु प्रसाद भुसाल ( परिवर्तन ) काे सन्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार