क्रान्ति छाडेर चुनावमा जाने कुरा सत्य होइन , समाजवादी लक्ष्य विनाको पार्टीसंग एकता हुँदैन: नेता शितल

डेली न्युजराप्ती       ३० बैशाख २०८१ २२:०१ मा प्रकाशित     204 No Comments

हेमन्त प्रकाश वली ।

बैशाख ३० , दाङ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले जनक्रान्ती छाडेर चुनावमा जाने कुरा सत्य नभएको बताउनुभएको छ ।

आइतबार घोराहीमा नेकपा दाङको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता शितलले उक्त कुरा बताउनुभएको हो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता शितलले भन्नुभयो– ‘ हामिले केन्द्रीय समितिको बैठकबाट ०८४ को निर्वाचनलाई उपयोग  गर्ने निर्णय गरेर आएका छौँ । निर्वाचनको बिषयमा हामिले निर्णय गरेलगत्तै प्रतिक्रियावादीहरुले जनतामा अनावश्यक भ्रम छरिरहेका छन् तर त्यो कुरा सत्य होइन । हामिलाई जनताबाट कटाउने रणनीति  यहाँका संसदवादी र प्रतिक्रियावादीहरुले लिएका छन् । नेकपा एकीकृत जाक्रान्ती छाडेर चुनावमा जाने कुरा सत्य होइन ।’

एकीकृत जनक्रान्ती विश्वको तेस्रो कार्यदिशा हो , नेता शितलले भने ‘ एकीकृत जनक्रान्ती नेपालको मौलिक कार्यदिशा हो । यो दीर्घकालीन जनयुद्ध र शसस्त्र बिद्रोहको हुबहु कार्यदिशा होइन । यो हामिले नेपाली बिशेषता र विश्वको अहिलेको चरित्रलाई गहिरो अध्यन गरि शंस्लेसन गरेको कार्यदिशा हो । हामी हाम्रो तरिकाले लडिरहेका छौँ । हाम्रो पार्टीको अहिलेको लाइन समाजवादका लागि फराकिलो मोर्चा निर्माण गर्ने कार्यनीति हो । हाम्रा बिषयमा जनता स्पष्ट नै छन् तर प्रतिक्रियावादीहरु र बिदेशी साम्राज्यवादीहरुले रणनीतिक ढंगले नेकपालाई जनताबाट कटाउने नीति अख्तियार गरेका छन् , यो रणनीति हामी कुनै हालतमा सफल हुन दिदैनौँ ।’

हामी अहिलेको संसदीय राज्यव्यवस्थाको रुपान्तरण चाहेका छौं , उहाँले फेरि भन्नुभयो – ‘ हामी अहिलेका राज्यव्यवस्थाका सञ्चालकहरुलाई भनिरहेका छौँ कि यो राज्यव्यवस्था सफल हुन सकेन । यो जनता बिरोधी व्यवस्था पटकपटक सावित भइसकेको स्पष्ट नै छ तर यहाँका संसदवादी दलालहरुले ढल्दै गरेको यो व्यवस्थालाई टेको लगाइरहेका छन् । यो व्यवस्था रुपान्तरणका बिषयमा हामिले जनमतसंग्रहको कुरा उठाइरहेका छौं तर जनतालाई यो अधिकार दिन राज्यका ठेकदारहरु तयार छैनन् । जनसंघर्स , जनमतसंग्रह , संविधान संशोधन वा चुनाव जेसुकै गरेर होस यो व्यवस्थालाई बदल्नैपर्छ त्यसको लागि नेकपा कहिकतै चुक्ने छैन् ।’

नेता शितलले समाजवादी लक्ष्य विनाका पार्टीसंग एकता नहुने समेत बताउनुभएको थियो ।

समाजवादी लक्ष्य विनाको पार्टी एकता हुँदैन , उहाँले भन्नुभयो– ‘ हाम्रो पार्टीको कुरा माओवादी धाराका बिचमा पार्टी एकता गर्नेपनि छ तर एउटै सर्तमा एकता गर्दा समाजवादी लक्ष्य विनाको एकता हुँदैन । त्यो मात्रै कुरा होईन एकता गर्दा हाम्रो वैचारिक हतियार एकीकृत जनक्रान्तीलाई स्वीकार गर्नुपर्दछ । एकीकृत जनक्रान्ती केवल नेकपाको मामिला मात्रै होइन यो तीन करोड नेपाली जनतालाई समृद्ध बनाउने कार्यदिशा हो । नेपालको दलाल पुजीवादी संसदीय व्यवस्थालाई निस्तेज पार्दै नेपाली जनतालाई समाजवादमा रुपान्तरण गर्ने कार्यदिशा हो , यो विनाको एकता सम्भव छैन । माओवादी धाराको मात्रै कुरा होइन साम्राज्यवादका विरुद्ध बृहत् कम्युनिस्ट , वामपन्थी , देशभक्त , क्रान्तिकारी , प्रगतिशील , सच्चा गणतन्त्रवादी एवम लोकतान्त्रिक शक्तीबिच पनि सहकार्यको आवश्यकता छ ।’

नेता शितलले राजावादी र धर्मवादीहरुका कारण प्रतिगमनको खतरा रहेको समेत बताउनुभएको थियो भने समाजवादका लागि मजबुत संगठन निर्माणमा जुट्न नेताकार्यकर्तालाई निर्देशन समेत दिनुभएको थियो ।

यस्तै बैठकमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै पार्टीका जिल्ला इन्चार्ज सविन सीले क्रान्तिकारी नेताकार्यकर्ताहरुले परिस्थिति र आफ्नो जिम्मेवारीको गम्भीर बोध गर्नुपर्ने बताउनुभयो ।

चुनाव सम्बन्धि कम्युनिस्ट पार्टीका परम्परागत मान्यता छन् ,नेता सविनले भन्नुभयो– ‘ हाम्रो पार्टी चुनाव सम्बन्धिका परम्परागत मान्यताबाट माथी उठेको छ । चुनावबारे केही कम्युनिस्टहरु चुनाव प्रयोग गर्दै संसोधनवादि बाटो हुँदै विसर्जन हुने खालको छ भने अर्को तरिका क्रान्तिका चर्काचर्का कुरा गर्ने चुनावलाई खारेज गर्ने तर जनताबाट कट्दै जाने खालको पनि छ । तर हाम्रो पार्टीले चुनाव सम्बन्धिका यी मान्यतावाट माथी उठेको छ । चुनावलाई एकीकृत जन्क्रान्तीको मोर्चाको रुपमा बुझ्नुपर्छ ।’

नेता सविनले नेकपाप्रती जनताको अटुट माया र अगाध बिश्वास भएकाले नेताकार्यकर्ताहरु जनताको सुखदुःखमा हमेशा साथमा रहन निर्देशन दिनुभएको थियो ।

यस्तै नेकपा दाङको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले जेठ १२ गतेभित्र सबै पालिकाको बैठक बसिसक्ने , सबै वडा कमिटी गठन/पुनर्गठन गर्ने , क्षेत्रीय स्तरमा पार्टी सदस्यसम्मको प्रशिक्षण कार्यक्रम गर्ने , प्रत्येक वडामा अन्तरक्रिया गर्ने , पार्टीको कार्यालय बनाउने , पालिका स्तरका पार्टी कार्यालयहरु व्यवस्थित गर्ने , समाजवाद सम्बन्धि नाराहरु वालिङ गर्ने , अवैध नदिजन्य पदार्थको उत्खनन विरुद्ध संघर्ष गर्ने , किसानलाई मल , बीउबिजन सहज उपलब्धताका लागि पहल गर्ने , जिल्लामा शान्ती र्यालीको आयोजना गर्ने , मिटरव्याज , लघुवित्त पिडितका पक्षमा संघर्ष गर्ने , जनप्रतिनिधिहरुले गरेको व्यथिती विरुद्ध संघर्ष गर्ने , तुलसीपुरको एयरपोर्ट स्तरउन्नतीका लागि मागपत्र बुझाउने , गुठी एवम सुकुम्बासीको पक्षमा ऐक्यबद्धता सहित संघर्षमा सहभागी हुने , जिल्लामा विभिन्न आर्थिक कोषहरु खडा गर्ने , जिल्लाका सबै पालिकामा एकीकृत स्वामित्वका आधरमा उत्पादनलाई व्यवस्थित गर्ने , घोराहीमा सी फिनाइल उधोग सञ्चालनमा ल्याउने , एकीकृत जनक्रान्तीका सहिद महानको स्मृतीमा शालिक निर्माण गर्ने लगाएतका निर्णयहरु गरेको छ ।

यस्तै बैठकले १२१ सदस्यीय जिल्ला समिती , १६ सदस्यीय कार्यालय समिती र ३९ सदस्यीय जिल्ला सचिवालय समितीको गठन गरेको छ ।

बैठकले दाङको बबई गाउँपालिकाको इन्चार्ज एवम सेक्रेटरीमा उज्वल सी , शान्तिनगर गाउँपालिकाको इन्चार्जमा जनक सी र सेक्रेटरीमा मनोज सी , दंगिशरण गाउँपालिकाको इन्चार्जमा जिवनी सी , तुलसीपुर उपमहानगरपालिकाको इन्चार्जमा तिलक सी , सेक्रेटरीमा विजय सी , घोराही उपमहानगरपालिकाको इन्चार्जमा विकाश सी र सेक्रेटरी महान सी , लमहि नगरपालिकाको सेक्रेटरीमा पुर्ण खनाल , राजपुर गाउँपालिकाको सेक्रेटरीमा शुर्य सी , गढवा गाउँपालिकाको इन्चार्जमा गणेश सी र सेक्रेटरीमा ओम सी , बंगलाचुली गाउँपालिकाको सेक्रेटरीमा भिम सी र राप्ती गाउँपालिकाको इन्चार्जमा सुरज सी र सेक्रेटरीमा अदिप सीलाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।

यस्तै बैठकले लिएका महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न जेठ १ गते नेपाल पत्रकार महासंघको सभाहल घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएको छ ।

नेकपा दाङका सचिव तिलक सीको अध्यक्षता एवम सञ्चालनमा बसेको बैठकको प्रमुख अतिथी नेकपाका पिबिएम शितल सी , पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य बिक्रम सी , केन्द्रीय सदस्य प्रदिप सी , केन्द्रीय सदस्य सम्झना सी , केन्द्रीय सदस्य पाटन जंगली सी , पार्टीका जिल्ला सल्लाहकारहरु शुरेश सी र नवराज सीको आतिथ्यता रहेको थियो ।

बैठकमा पार्टीका जिल्ला सचिव तिलक सीले पार्टीको लुम्बिनी प्रदेश कमिटीको प्रथम पुर्ण बैठकको परिपत्र वाचन गर्नुभएको थियो ।

नेकपा पुनः नयाँ पुनर्संरचनामा , दाङमा जिल्ला इन्चार्ज र सेक्रेटरी पनि फेरिए:

नेपाल कम्युनिस्ट पार्टीले पार्टीलाई पुनः नयाँ पुनर्संरचनामा बदलेको छ ।

नेकपा यसअघि ब्युरो संरचनामा चलिरहेको थियो तर विप्लवले पार्टीको नवौं केन्द्रीय समितिको पाँचौ बैठकबाट पार्टीलाई प्रदेश संरचनामा लग्ने औपचारिक निर्णय गरेका छन्। सोही अनुरुप अहिले नेकपाले ७ वटै प्रदेशमा प्रदेशका कमिटीको बैठक बसि प्रदेश कमिटीको घोषणा गरिसकेको छ।

यस्तै लुम्बिनी प्रदेशमा पनि नेकपाले प्रथम पुर्ण बैठक बसि समितिको घोषणा एवम कार्यबिभाजन टुंग्याएको जानकारी दिएको छ ।

यस्तै नेकपाले यसअघि पार्टीको नवौं महाधिवेशनबाट जिल्ला बिभाजनको नीति लिएको थियो । सोही अनुरुप त्यतिबेला नेकपाले दाङलाई तीन जिल्लामा बिभाजन गरेको थियो । जस अनुसार तुलसीपुरदेखि पस्चिम दाङलाई एउटा जिल्ला बनाइएको थियो भने पुर्वी दाङ जिल्ला भनेर घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकालाई समेटिएको थियो भने समग्र देउखुरीलाई छुट्टै जिल्ला बनाइएको थियो ।

तर नेकपाले पार्टी केन्द्रीय समितिको पाँचौ पुर्ण बैठकबाट जिल्ला बिभाजनको नितिलाई समेत अहिले रोकेको छ । यस अनुसार अब तीन क्षेत्रमा बिभाजित दाङ जिल्ला एउटै जिल्ला हुनेछ ।

यस्तै नेकपा लुम्बिनी प्रदेशको प्रथम पुर्ण बैठकले प्रदेश अन्तर्गतका सबै जिल्लाका इन्चार्ज र सेक्रेटरीहरु ठोस गरेको जनाएको छ ।

बैठकले दाङ जिल्लाको इन्चार्जमा पार्टीका केन्द्रीय सदस्य एवम पार्टीका पुर्व राप्ती ब्युरो इन्चार्ज सविन सीलाई जिम्मेवारी दिएको छ भने जिल्ला सेक्रेटरीमा पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम युवा संगठन नेपालका निवर्तमान महासचिव तिलक सीलाई जिम्मेवारी प्रदान गरेको छ ।

यस्तै दाङका ३ वटै निर्वाचन क्षेत्रमा पनि नेकपाले नेताकार्यकर्ताको जिम्मेवारी ठोस गरेको छ । जसअनुसार दाङ क्षेत्र नं. १ मा पार्टीका केन्द्रीय सदस्य बिक्रम सी , दाङ क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य एवम युवा संगठन नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष पाटन जंगली सी र दाङ क्षेत्र नं. ३ मा पार्टीका केन्द्रीय सदस्य प्रदिप सीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

oppo_2

यस्तै नेकपाले दाङका १० वटै पालिकामा पनि नयाँ जिम्मेवारी ठोस गरेको जनाएको छ ।

आइतबार घोराहीमा सम्पन्न नेकपा दाङको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले पार्टीको दाङ जिल्ला कार्यसमिति १२१ सदस्यीय पुनर्गठन गरेको छ । जसमा १६ सदस्यीय कार्यालय समिती र ३९ सदस्यीय सचिवालय समिती  रहने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार