तुलसीपुर। राप्ती नदीमा आएको बाढीमा फसेका बाँकेका ६ जनाको सकुशल उद्धार गरिएको छ। बाख्रा चराएर फर्किने क्रममा एक्कासी राप्ती नदी बढेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरका १ जना पुरुष र ५ जना महिला बाढीमा फसेका थिए।
बाढीमा फसेका उनीहरूको शनिबार राति नै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाढीमा फसेका दलबहादुर पुन, दिलसरा थापा, खली खत्री, दिलकुमारी कनौ, दिलिसा थापा र ममता पुनको उद्धार गरेको हो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.