नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीको तेस्रो पुर्ण बैठक सम्पन्न,एमसिसिका विरुद्ध संघर्ष गर्ने

डेली न्युजराप्ती       २२ आश्विन २०७८ १९:१९ मा प्रकाशित     534 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरपालिका कमिटीको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ।

नेकपा घोराही उपमहानगर कमिटीका इन्चार्ज/सेक्रेटरी तिलकको संचालन तथा अध्यक्षता भएको बैठकको प्रमुख आतिथ्य नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गर्नुभएको थियो। बैठकमा प्रशिक्षाणात्मक मन्तव्य राख्दै नेता प्रदिपले राज्य आफुहरु संग भएको तीन बुदे सहमती प्रती इमानदार नभएको बताउनुभएको थियो। उहाले भन्नुभयो,” हामी सहमतीको पुर्ण कार्यान्वयन गरिरहेका छौ तर राज्य बन्दुकको भासा बोलिरहेको छ”। नेता प्रदिपले संसदीय व्यवस्थाको असफलताले जनता र राष्ट्र चरम संकटमा रहेकाले निकासका लागि आफ्नो पार्टीले प्रगतिशील संयुक्त सरकार अबिलम्ब गठन गरि जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिन एजेन्डा अघि सारेको बताए।

बैठकले कार्तिक १३ गते घोराहीमा विप्लवले सम्बोधन गर्नुहुने युवा संगठन नेपालको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह भव्य रुपमा सफल पार्न तयारी गर्ने,एमसिसि सम्झौताका विरुद्ध संघर्ष गर्ने,सामाजिक विभेद,बिकृती,बिसंगतिका विरुद्ध संघर्ष गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ।
बैठकमा युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटन ,नेकपा गढवा गाउपालिका सेक्रेटरी महान,थारु राष्ट्रिय मुक्ति मोर्चाका दाङ संयोजक चुलुवा,अखिल नेपाल शिक्षक संगठन का अध्यक्ष डिल्ली ,युवा संगठन नेपालका दाङ जिल्ला इन्चार्ज मनोजको आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार