जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन माघ ११-१३ गते बुटवलमा हुने

डेली न्युजराप्ती       ११ मंसिर २०७८ ०८:१४ मा प्रकाशित     608 No Comments


मिडिया मोर्चा विनाको क्रान्ति कल्पना गर्नै सकिदैन : प्रवक्ता प्रकाण्ड
काठमाडौँ: जनपत्रकार संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन यही माघ ११, १२ र १३ गते बुटवलमा हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौँमा बसेको जनपत्रकार संगठन नेपालको केन्द्रीय समितिको पाचौँ पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले मिडिया मोर्चा विनाको क्रान्ति कल्पना गर्नै नसकिने बताए ।मिडिया मोर्चा परिवर्तनका लागि महत्वपूर्ण मोर्चा भएको बताउदै प्रवक्ता प्रकाण्डले अहिलेको मिडिया मोर्चाको जिम्मा जनपत्रकारहरुले हाम्रो हो भन्ने सोच्नुुपर्ने बताएका छन् ।

साम्राज्वादको मिसाइल भन्दा ठूलो हतियार हाम्रो विचार हो भन्दै उनले भने, ‘हामीसँग जनताको विचार छ । जनताको सत्ता स्थापना गर्ने अपूरो कार्यभार छ, यसलाई पूरा गर्न यो पार्टी जन्मिएको छ ।’

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्डले अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्था असफल भैसकेको भन्दै यसको एक मात्र समाधान जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु रहेको ठोकुवा समेत गरेका छन् ।

प्रवक्ता प्रकाण्डले दलाल संसदीय व्यवस्थाका कारण देशमा चारैतिर संकट उत्पन्न भएको भन्दै यसको समाधान वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्ने भएकाले त्यसको स्थापनाका लागि जनमत संग्रहमा जान आवश्यक रहेको दाबी गरे । राष्ट्रिय राजनीतिको केन्द्रमा जनमत संग्रहको बहस रहेकाले मिडिया मोर्चाले पनि जनमत संग्रह र वैज्ञानिक समाजवादको पक्षमा माहोल सृजना गर्नुपर्ने आवश्यकता औल्याए ।

अर्को एक प्रसंगमा प्रचण्डहरु संसदवादी राजनीतिमा रहदासम्म पार्टी एकता हुनै नसक्ने स्पष्ट पारे । उनले भने, ‘हामी क्रान्तिकारी राजनीतिमा छौँ, पहिले प्रचण्डहरु आफैले भेट्यौ भने त्यसपछि सचेततापूर्वक पार्टी एकताको भ्रम फैलाउने, यो अफवाह हो । दलाल पुजीवादसँग लड्न र क्रान्तिका लागि एकता हो भने सोच्न सकिन्छ अन्यथा सकिदैन हामीले स्पष्ट भनेका छौँ ।’

बैठकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज प्रज्वलनले मिडियामा वैज्ञानिक समाजवादको विषय आम चासोको विषय बनाउनु पर्ने र त्यो स्थापना गर्ने विधि जनमत संग्रह हो नै भनेर प्रचार गर्न पत्रकारहरुलाई निर्देशन दिए ।

जनपत्रकार संगठन नेपालका संयोजक शेर बहादुर विक अध्यक्षतामा बसेको बैठकमा उपस्थित सबै केन्द्रीय सदस्यहरुले आ-आफ्नो रिपोर्ट पेश गरेका थिए ।
-eratokhabar

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार