अखिल (क्रान्तिकारी) दाङको २५ औं जिल्ला सम्मेलन आयोजक समितिको संयोजकमा खुमन

डेली न्युजराप्ती       ९ श्रावण २०७९ २३:२४ मा प्रकाशित     659 No Comments


साउन ९,दाङ। नेकपा निकट अखिल(क्रान्तिकारी) दाङको पाचौं पुर्ण बैठक सम्पन्न भएको छ।
सोमबार घोराहीमा सम्पन्न बैठकले खुमन पौडेलको संयोजकत्वमा १९ सदस्यीय २५ औं जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ।
बैठकले भाद्र १० गते भित्र क्याम्पस,माबी इकाई पालिका सम्मेलन तथा बैठक बस्ने,जिल्ला स्तरीय प्रशिक्षण गर्ने,सामुदायिक बिद्यालय भित्र को भाषागत विभेद , शुल्क वृद्धि र अबैध संस्था विरुद्ध संघर्ष गर्ने,२०० भन्दा बढी वृक्षरोपण गर्ने,अन्तरक्रिया कार्यक्रम गर्ने लगाएतका निर्णय गरेको संगठनले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदीपको प्रमुख आतिथ्य एवं संगठनका सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञान,संगठनका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश छात्रा विभाग प्रमुख करिस्मा,नेकपा घोराही नगर इन्चार्ज निर्मल र युवा संगठन नेपाल घोराही नगर अध्यक्ष पदमको बिशेष उपस्तिथिमा बैठक सम्पन्न भएको हो।

बैठकको अध्यक्षता तथा संचालन संगठनका जिल्ला संयोजक खुमन पौडेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार