दाङमा नेकपाको बन्द: बन्दकर्ताद्वारा जेब्रा क्रसिङ निर्माण,प्रहरीद्वारा १८ कार्यकर्ता गिरफ्तार

डेली न्युजराप्ती       ३० कार्तिक २०७८ १९:०६ मा प्रकाशित     548 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले नेपाल बन्दको कार्यक्रमलाइ पृथक ढंगले सम्पन्न गरेको छ।
पार्टी केन्द्रीय समितीद्वारा कार्तिक ३० गते घोषणा गरिएको नेपाल बन्दलाई नेकपा दाङले जिल्लामा विभिन्न स्थानमा रचनात्मक कार्य गर्दै सम्पन्न गरेको हो। बिहानै तुलसीपुरको सडकमा उत्रिएका बन्दकर्ताले सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा लागेका थिए। बन्दकर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका हुन।
यस्तै घोराही उपमहानगरपालिकाको गोग्लीमा नेकपाका नेता-कार्यकर्ताहरुले चौतारी सरसफाइ गरेका छन भने जिल्लाका विभिन्न ठाउमा सडक देखि प्रतीक्षालयहरु सरसफाइ गरेको जनाइएको छ।

बन्दकर्ताहरुले रचनात्मक कार्य गरिरहदा जिल्लामा प्रहरी प्रशासनले भने व्यापक दमन गरेको छ। प्रहरीले बिनाकारण शान्तिपुर्ण कार्यक्रममा खटिएका नेता-कार्यकर्ताहरुलाइ गिरफ्तार गरेको नेकपाले जनाएको छ। नेकपा दाङका सेक्रेटरी प्रदिपले गढवा गाउपालिकाको धानखोला बाट मनु सहित ११ जना र राप्ती गाउपालिकाको भालुवाङ बाट नेकपा दाङ जिल्ला कमिटी सदस्य अदिप सहित ७ जना लाई शान्तिपूर्ण कार्यक्रम गरिरहेको बेलामा धरपकड गरि गिरफ्तार गरिएको र साझ ५ बजे सबै कार्यकर्ता रिहा भएको बताएका छन।

दाङमा पेट्रोलियम पदार्थको मुल्यबृद्धीको विरुद्धमा गरिएको नेपाल वन्दको प्रभाव पुर्ण रुपमा परेको छ। जिल्ला स्थित सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योग, व्यापार, वित्तिय संस्था, विद्यालय र सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गरिएका थिए भने एम्बुलेन्स, दूध बोक्ने गाडी, खानेपानीका गाडी र होटलहरू खुल्ला गरिएको थियो। जिल्लाभरी बन्द सानदार ढंगले सम्पन्न भएको र जिल्लाका केही पालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका पालिका स्तरका नेताहरुले बन्दको अवज्ञा गरेको प्रती नेकपा दाङले खेद प्रकट गरेको छ।
बिहान ६ बजेदेखी साझ ५ बजेसम्मको बन्द कार्यक्रमलाइ नेकपा दाङले जिल्लाका सम्पुर्ण पालिकाका मुख्य शहरहरुमा कोणसभाको आयोजना गरि बन्दको औचित्य पुष्ठि गरेको थियो। तुलसीपुरको बिरेन्द्र चोकमा आयोजित कोणसभालाइ सम्बोधन गर्दै नेकपा दाङका सेक्रेटरी प्रदिपले दलाल संसदीय व्यवस्था कायम रहदासम्म नेपाली जनताले अझै ठूलो दुख र पीडा भोग्नुपर्ने बताए।

नेता प्रदिपले अहिले नेपालमा जतिपनी समस्याहरु छन,त्यसको एकमात्र कारण संसदीय व्यवस्था भएको जिकिर गरे।सेक्रेटरी प्रदिपले नेपालमा देखिएका सबैखाले समस्याहरुको निर्विकल्प समाधान दलाल संसदीय व्यवस्थाको खारेजी र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको स्थापना भएको उद्घोष गरेका थिए।उनले भने,” हामी यो राज्यव्यवस्थाको समुल नस्ट चाहान्छौ,त्यसका लागि एकपटक नेपाली जनतालाइ व्यवस्था चुन्ने अधिकार जनमतसंग्रहको एजेन्डा लिएर आएका छौं”। जनमतसंग्रहको निर्वाचन भन्ने बित्तिकै कोहिपनी नआत्तिन नेता प्रदिपको आग्रह थियो। उनले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भनेर जनतालाइ नै छान्न दिने लोकतान्त्रिक पद्धतिमा जान खोज्दा किन आत्तिने?प्रश्न गरेका हुन। नेता प्रदिपले नेपाल बन्द आफुहरुको बाध्यता भएको समेत बताए। दलाल सत्ताले पेट्रोलियम पदार्थ लगाएत तमाम विषयमा जनतामाथि लादेको मनोमानी सरकारी दोहनको प्रतिरोध स्वरुप नेपाल बन्द गरेको समेत बताए। कोणसभाको सहजीकरण नेकपा दाङका कार्यालय सदस्य बिकाशले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार