‘विद्यार्थी साधारण शाखा’को सेक्रेटरीमा प्रकाश शाही निर्वाचित(फोटोफिचर)

डेली न्युजराप्ती       २४ भाद्र २०७९ ०६:४४ मा प्रकाशित     351 No Comments


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थीहरुको ‘विद्यार्थी साधारण शाखा’ को दोस्रो सम्मेलन सम्पन्न भएको छ।
काठमाडौंको बागबजारमा रहेको सिटी म्याक्समा सम्पन्न सम्मेलनले सेक्रेटरीमा प्रकाश शाहीलाई निर्वाचित गर्दै ४१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

‘वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्ति हाम्रो आन्दोलन, वैज्ञानिक शिक्षा प्राप्तिको लागि दोस्रो सम्मेलन’ भन्ने नाराका साथ सम्मेलन भव्यताका साथ सम्पन्न भएको हो।
साधारण शाखाको दोस्रो सम्मेलनमा नेकपाका नेताहरु अनिल शर्मा(बिरही),चिरन पुन,आस्था,रामलाल,चिरञ्जीवी विश्व शाह,रत्न, स्याम सेन्चुरी ,राजकुमारी ,बिनोद, बिधुसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नरेन्द्र बिश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको अध्यक्षता प्रकाश शाहिले गरेका थिए भने संचालन ललित विकले गरेका थिए।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार