माओवादीले दाङमा शान्तिनगरबाट सुरु गर्यो जनसर्वेक्षण तथा जनजागरण अभियान

डेली न्युजराप्ती       ३ पुष २०८२ ०८:१७ मा प्रकाशित     262 No Comments

पौष २,दाङ । नेकपा(माओवादी)ले दाङमा जनसर्वेक्षण तथा जागरण अभियान सुरु गरेको छ ।
मंगलबार शान्तिनगर गाउँपालिकाबाट सुरु भएको जागरण अभियान १० दिनसम्म चल्नेछ ।

पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीको नेतृत्वमा सुरु गरिएको अभियानमा पार्टीका सेक्रेटरी तिलक सी , अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य रेखा सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज पदम सी , अखिल (समाजवादी)का केन्द्रीय सदस्य खुमन सी , युवा संगठन नेपाल दाङ जिल्ला अध्यक्ष शिशिर सी लगाएतको उपस्थिति रहेको थियो ।

जनसर्वेक्षण तथा जागरण अभियान अन्तर्गत पार्टीले आकाशको संयोजकत्वमा ११ सदस्यीय युवा संगठन नेपालको कमिटी गठन गरेको छ ।
यस्तै अभियानले बन्धना सीको संयोजकत्वमा १३ सदस्यीय महिला संगठन गठन गरेको छ भने जनकल्याण माध्यामिक बिधालय सिमसुन्दरपुरमा साधना खड्काको नेतृत्वमा २१ सदस्यीय अखिल (समाजवादी)को कमिटी निर्माण गरिएको छ ।

अभियानलाई स्थानीय नेताकार्यकर्ता र जनताले भव्य स्वागत गरेका थिए ।

अभियानमा पार्टीले जनताबाट सुझावहरु संकलन गर्ने र जनतालाई पार्टीका विचारहरु प्रवाह गर्ने उदेश्य रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार