अखिल (क्रान्तिकारी) पश्चिम गण्डक ब्युरो इन्चार्ज वास्तोला पक्राउ

डेली न्युजराप्ती       ७ श्रावण २०८० २२:०९ मा प्रकाशित     170 No Comments

शेर बहादुर विक ।
श्रावण ७ , कास्की ।अखिल (क्रान्तीकारी)का केन्द्रीय सचिवालय सदस्य तथा पश्चिम गण्डक व्युरो इन्चार्ज ,शहिद पुत्र प्रकाश वास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।
आज पोखराको राष्ट्र बैंक चोकबाट करीब ३:३० बजे नेता वास्तोलालाई पक्राउ गरिएको हो ।

गत महिनाको २७ गते पोखरा महानगरपालिका वडा नं. ८ स्थीत अल्बाईट एकेडेमीकी संचालीका सनिसा श्रेष्ठले विगत लामो समयदेखी आन्तरीक रुपमा सेटिङ्ग मिलाई लुटको धन्दा चलाएको थाहा पाएपछी सहीद पुत्र प्रकाशको नेतृत्वमा उक्त एकेडेमीमा अनिश्चितकालिन समयका लागी तालाबन्दी गरिएको थियो ।

उक्त एकेडेमीकि संचालीका सनिसा श्रेष्ठ लगायतका विभिन्न शैक्षीक मेडीकल माफियाहरुको षड्यन्त्रमा कास्कीमा रहेको बैदाम प्रहरी चौकीले उनलाई गिरफ्तार गरेको हो । निम्न वर्गका विद्यार्थीहरुका न्यायका लागी र भ्रष्ट ,दलाली, कालोबजारी, शैक्षीक मेडिकल माफिया
हरुका विरुद्ध आवाज उठाउदा झुट्टा मुद्धा लगाई शहिदपुत्र वास्तोलालाई गिरफ्तार गरीएको तथा तत्काल बिना शर्त रिहाई नगरे विद्यार्थी संगठन सशक्त रुपमा आन्दोलन गर्ने अखिल (क्रान्तीकारी) कास्की जिल्लाका अध्यक्ष्य केश सीले बताएका छन् ।

तत्कालीन माओवादीले नेतृत्व गरेको दश वर्षको जनआन्दोलनका महान शहीद विजय वास्तोला (अजीत)का छोरा प्रकाश अखिल (क्रान्तिकारी)का नेता मात्र नभइ सहिद सन्तती फान्डेसन नेपालका केन्द्रीय उपाध्यक्ष्य समेत हुन् । हाल उनलाई सोधपुछका लागी बैदाम प्रहरी चौकीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार