नेपाल कम्युनिस्ट पार्टी राजपुरको संगठन विस्तार अभियान तिब्र

डेली न्युजराप्ती       २० फाल्गुन २०७८ ०९:०१ मा प्रकाशित     359 No Comments


श्रवण कुमार यादव।फागुन २०,राजपुर। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी राजपुर गाउकमिटिले संगठन सुदृढीकरण तथा विस्तार अभियानलाई तीव्र पारेको छ। अभियान अन्तर्गत विभिन्न स्थानमा जनसम्पर्क तथा प्रशिक्षण कार्य अगाडि बढाइरहेको जनाइएको छ। बिहीवार राजपुरको वडा नं ६ मा अभियान अन्तर्गत जनभेटघाट सहित सङगठन बिस्तार गरेको नेकपा राजपुरका इन्चार्ज उज्ज्वलले जानकारी दिनुभएको छ।उहाँले आफ्नो पार्टीले संचालन गरेको एकीकृत जनक्रान्तिमा लाम्बद्व हुन जनतालाई आह्वान गर्नु भएको छ। दलाल पुँजीवादका कारण देश इतिहासमै सर्वाधिक सङ्कटमा परिरहेको बताउदै नेता उज्वलले सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपाललाई अमेरिकी साम्राज्यवादले नाङ्गो हस्तक्षेप गर्दासमेत केही बोल्न नसक्ने नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा र उनको सरकार साम्राज्यवादी पुँजीवादीहरूको घोषित दलाल भएकाले अब क्रान्तिकारी कम्युनिस्टहरूले अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवाद र राष्ट्रिय स्तरमा दलाल पुँजीवादका विरुद्ध सशक्त प्रकारको सङ्घर्ष गर्नुपर्ने बेला आएको बताउनुभयो। इन्चार्ज उज्ज्वलले भन्नुभयो , ‘संसदीय व्यवस्थाको असफलता अहिले दलालहरूका बीच आपसी अन्तरविरोधमा अभिव्यक्त हुँदै आएको छ। उनीहरूले यसलाई क्रान्तिकारी शक्तिमाथि दमन गरेर वा गृहयुद्ध निम्त्याएर विषयान्तर गर्न खोजिरहेका छन् । यो हाम्रो पार्टी र नेपाली जनतालाई कदापि स्वीकार्य हुँदैन । बाबुरामको पलायन र प्रचण्डको विचलनले जनता र क्रान्तिकारीहरुमा केही निराशा र अविश्वास खडा गरे पनि अहिले हाम्रो पार्टीका उदीयमान नेता कमरेड विप्लवको नेतृत्वमा अघि बढेको एकीकृत जनक्रान्तिले जनतामा पुनः नयाँ आशा र विश्वास पलाएको छ ।’आफ्नो पार्टी जनयुद्धको उत्तराधिकारी भएकाले आफूहरू अहिले जनतामा फर्किएको इन्चार्ज उज्ज्वलले बताउँदै अब देशमा छिट्टै समाजवादी क्रान्ति सम्पन्न हुने दाबी गर्नु भएको छ।

संसदीय ब्यबस्था भित्र रहेका मुख्य गरी नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका मुख्य नेताहरु अमिरिकाको गोटी बनेर जनताको चाहना बिपरीत देशको स्वाभिमानमा आच आउने गरी MCC पास गरी देश र जनतालाई धोका दिएको उहाको भनाइ थियो। उक्त कार्यक्रममा सुर्य चौधरीको अध्यक्षतामा ९ सदस्यीय नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको कमिटी गठन गरिएको जानकारी दिनुभएको छ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी राजपुर इन्चार्ज उज्ज्वल, नेकपा दाङ जिल्ला सल्लाहकार भिम बहादुर बुढाथोकी, नेकपा दाङ जिल्ला सदस्य हरि,राम प्रसाद लगाएतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार