हाम्रो पार्टी र जनतालाइ दमन गर्ने हो भने दलालहरुका दिनपनी सजिलै बित्दैनन:आदर्श

डेली न्युजराप्ती       १७ श्रावण २०७९ १०:५२ मा प्रकाशित     336 No Comments


साउन १७, काठमान्डौ। ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहित नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछी त्यसको बिरुद्द नेकपाका नेताहरुले डटेर सामना गर्ने चेतावनी दिएका छन । सरकारी पक्षले ३ बुँदे सहमतिको उलंघन गरेर गम्भीर भुलगरेको बताउदै नेकपाका केन्द्रिय सदस्य चुडामणि वलीले यस्तो चेतावनी दिएका हुन ।

आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ गरे प्रतिरोध गर्ने बरु खरानी हुन तयार हुने नेता आदर्शले बताएका छन । उनले भनेका छन, हाम्रो पार्टीलाई बाध्य बनाए प्रतिरोध गर्नु पर्ने भयो भने बरु खरानी भइन्छ तर जनतालाई धोका दिईदैन ।’ राजनीतिमा इमान्दारिता हुने बताउदै, धोका भए एकइन्च पछी नहटी अगाडी बढ्ने उनले जनाएका छन् ।

जनमुत्ति सेनाले बन्दुककाे नालबाट ल्याएकाे गणतन्त्रकाे कुर्सीमा बसेर पार्टी र जनतालाई दमन गर्ने नै हाे भने दलालहरुका दिनहरु अब सजिलै नबित्ने नेता आदर्शले दावी गरेका छन ।

देश र जनता संकटमा भएको भन्दै, देश र जनताकाे लागी आबश्यक परे याेग्दान र बलिदान गर्न सबै तयार रहन समेत आदर्शले अपिल गरेका छन ।
आइतवार ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सहित अन्य नेता कार्यकर्ताविरुद्ध एनसेल प्रकरणमा विचाराधीन रहेको मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार