अछाममा पहिरोले पुरिएर घरमै सुतिरहेका ३ जनाको मृत्यु

डेली न्युजराप्ती       ९ श्रावण २०७९ ०९:०१ मा प्रकाशित     192 No Comments


खेमराज बुढा, श्रावण ९/अछाम। अछामको तुर्माखाँद गाउँपालिका २ नं वडा (भुलु )मा अविरल बर्षाका कारण पहिरो जादा पहिरोमा पुरिएर एक परिवारका तीन जनाको मृत्यु भएको छ।
श्रावण ८ गते राती १२ बजेतिर आएको अविरल बर्षाका कारण पहिरो जादा गाउँपालिकाको वडा नं.२ निवासी अमर विष्टको घरमा पुर्ण क्षति भएको हो।
पहिरोमा पुरिदा घरमै सुतिरहेका ३ जनाको मृत्यु भएको छ भने १ जनालाई घाईते अवस्थामा उद्दार गरिएको हो।

अमर बिष्टका भाइ विरेन्द्र विष्ट ,छाेरा संविधान विष्ट र वुहारी हरिकला विष्टकाे घटनास्थलमै मृत्युु भएको थियो।
पहिरोमा पुरिएर नैना विष्ट गम्भीर घाईते भएको घटना स्थलमा रहेका स्थानीय निरक शाहिले जानकारी दिए । अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार