नेकपाका महासचिव विप्लव र भौतिक पुर्वाधार तथा यातायात मन्त्री ज्वालाबिच भेटवार्ता

डेली न्युजराप्ती       १ पुष २०८० ०७:१४ मा प्रकाशित     119 No Comments

मनबहादुर सहकारी

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीसंग नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेकपाको केन्द्रीय कार्यालय शिवगढी पुगेर भेटघाट गरेका छन ।

शिवराज नगरपालिका वडा नम्वर १ र ९ जोड्ने सुरही खोलामा निर्माण सम्पन्न पुलको उद्घाटन गर्न कपिलवस्तु पुगेका मन्त्री प्रकाश ज्वालाले शनिवार नेकपाका महासचिव विप्लवसंग नेकपाको केन्द्रीय कार्यालय शिवगढीमा नै पुगेर भेटघाट गरेका हुन ।

भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल भएको छ । दुई नेता बिचको भेटमा समाजवादी मोर्चाको आगामी कार्यक्रम र प्रभावकारीताका विषयमा पनि छलफल भएको छ ।

नेकपाका महासचिव विप्लवले सरकारको तर्फबाट काठमाडौं जिल्ला अदालतको पक्राउ पूर्जीको आदेश खारेज गर्न र झुट्टा मुद्धा खारेजीको पहल गर्न आग्रह गरेका छन ।

भेटमा मन्त्री प्रकाश ज्वालाले अदालतको आदेश जायज नभएको र सरकारले छिट्टै पहल गरी मुद्धा खारेज गर्ने बताएका थिए ।

मन्त्री प्रकाश ज्वाला समाजवादी मोर्चाको घटक नेकपा एकीकृत समाजवादीका नेता समेत हुन । नेकपाको केन्द्रीय कार्यालय पुगेका मन्त्री प्रकाश ज्वालाले नेकपाले आफ्नै लगानीमा भव्य पार्टी कार्यालय बनाएकोमा खुसी व्यक्त गरेका थिए । सो अवसरमा नेकपाका स्थायी समिति सदस्य रणवीर सी लगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।

यसअघि उनले सुरही खोलाको पुलको उद्घाटन गरेका थिए । २०७७ असोज १२ गते बाट निर्माण सुरु भएको पुल ठेक्का अवधिको समयसीमा भन्दा १ वर्ष अगाडि सम्पन्न भएको भन्दै उनले निर्माण कम्पनीलाई धन्यवाद दिदै सम्मान समेत गरे ।

कुल ४६ करोड १५ लाख ३० हजारको लागतमा निर्माण भएको पुलको लम्वाई ३६० मिटर रहेको छ । पुल निर्माणको ठेक्का पाएको टुन्डी कन्स्ट्रक्सन प्रालिका प्रतिनिधिलाई मन्त्री ज्वालाले सम्मान गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार