फागुन २२,दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीबाट रुद्र बहादुर वलीलाई सचिव पदको उम्मेदवार बनाएको छ ।
पार्टीले सिताराम शर्मा नेतृत्वको संयुक्त प्यानलमा पार्टीको तर्फबाट पार्टीका नेता वलीलाई उम्मेदवार बनाएको हो ।
रुद्र बहादुर वली नेकपाका तुलसीपुर नगरका सेक्रेटरी समेत हुन् । उनले विभिन्न संघ/संस्थामा प्रतिनिधित्व गरिसकेका छन् ।
संयुक्त प्यानलबाट सिताराम शर्मा अध्यक्ष पदका उम्मेदवार छन् । उनले माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
यस्तै उपाध्यक्षमा दुर्गा भण्डारी , कोषाध्यक्षमा कर्ण बहादुर ओली र सदस्यहरुमा मनबहादुर वली , कमला चौधरी , मनिषा शेर्पाली , डिला परियार र प्रेम कुँवरले उम्मेदवारी दिएको नेपाल कम्युनिस्ट पार्टीका नेता तिलक सीले जानकारी दिएका छन् ।
यता तुलसीपुर खानेपानीको निर्वाचनमा काँग्रेसबाट यमकान्त भण्डारी र नेकपा एमालेबाट मनोज लामिछानेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
निर्वाचनमा माओवादी नेतृत्वको प्यानललाई नेकपा , जनमोर्चा , एकीकृत समाजवादी , रास्वपा , क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगाएतका दलहरुको तालमेल रहेको छ भने एमाले र राप्रपाबिच चुनावी तालमेल भएको छ ।
निर्वाचनमा नेपाली काँग्रेसले भने कसैसँग तालमेल नगरी चुनावमा होमिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.