काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , पार्टी प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) अध्यक्ष केपि शर्मा ओली वीच भेटवार्ता भएको छ।भक्तपुरको बाल्कोट स्थित ओली निवासमा सोमबार बेलुका ७ बजे दुवै पार्टीका शिर्ष नेतृत्व विच भेटवार्ता भएको हो।
भेटवार्ताको क्रममा मुलुकको जटिल र संकटपुर्ण आर्थिक राजनीतिक परिस्थिति , नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरुको नयाँ आधारमा धुर्विकरणको एतिहासिक आवश्यकता र विगतमा सरकार नेकपा विच भएको ३ बुदे सहमति अनुसार नेकपाका नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्नेवारे नेकपाको तर्फबाट कुराकानी राखिएको बताइएको छ ।
कुराकानीको क्रममा एमाले अध्यक्ष ओलीले तीन बुदे सहमति अनुसार वन्दीहरुको रिहाई र मुद्दा फिर्ताको बिषयमा आफु सकारात्मक रहेको बताएको जानकारी श्रोतले दिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.