काठमाडौं– हनि ट्रयापमा संलग्न रहेको आरोपमा भक्तपुरबाट प्रहरीले शुक्रबार एक दम्पतिलाई पक्राउ गरेको छ। विभिन्न व्यक्तिलाई हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले एक दम्पती पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ बतासेका २४ वर्षीय शेखर बास्तोला र २० वर्षीया रोजिन राउत रहेका छन्।
उनीहरू हाल भक्तपुरको बालकोट बस्दै आएको प्रहरीले जनाएको छ। रोजिनाले पुरुषलाई फ्रेन्ड रिक्वेस्ट पठाउने र साथी बनाइसकेपछि म्यासेन्जरमा अश्लील कुरा गर्ने गरेको पाइएको छ। पुरुष व्यक्तिसँग अश्लील कुरा गरेपछि रकम माग गर्ने र नभए मुद्दा दायर गर्ने धम्की दिएर रकम असुल्ने गरेको खुलेको प्रहरीको भनाइ छ। शेखर भने साइबर ब्युरोको प्रहरी निरीक्षक हुँ भन्दै रोजिनासँगको कारोबार मिलाउन नभए पक्राउ गरेर कारबाही अगाडी बढाउने डर देखाउने गरेको पाइएको छ।
उनीहरूले एक कर्मचारीलाई यसरी नै ठगेको खुलेको छ। सुरुमा ती कर्मचारीले एक लाख ६५ हजार रुपैयाँसमेत दिएका थिए। पछि थप ३ लाख रुपैयाँ मागेपछि उनले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गरेका थिए। जुरीपछि महाशाखाले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ। उनीहरूले माग गरेअनुसारको तीन लाख रुपैयाँ लिन जाँदा बानेश्वरबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.