नेकपा केन्द्रीय कार्यालयद्वारा नेता अनिलको नाम जोडेर गरिएको भ्रमपूर्ण टिप्पणीको खण्डन

डेली न्युजराप्ती       २९ बैशाख २०७९ १५:२६ मा प्रकाशित     1941 No Comments


दाङ। नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालयले हालै जनआस्था अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पार्टीका केन्द्रीय सदस्य अनिल शर्माको नाम जोडेर विभिन्न सामाजिक संंजालहरुमा गरिएको भ्रमपूर्ण टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय सचिव विजयले आज एक प्रेस विज्ञप्ती जारी गरी केन्द्रीय सदस्य अनिल जनआस्था पत्रिका र अनलाइनको कुनै पनि जिम्मेवारीमा नरहेको जान्दाजान्दै पनि अनावश्यक र नियोजित रुपमा जोडेर गरिएको त्यस किसिमको गलत प्रचारवाजीको खण्डन गरेका छन् ।

साथै त्यस किसिमका आधारहीन विषय सम्प्रेषण नगर्न सम्बन्धित सबैमा विज्ञप्तीमार्फत आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो पार्टी यस्ता कुनै पनि गलत प्रचारबाट भ्रममा नपर्न समेत सबैमा हार्दिक अनुरोध गर्दछ ।’
प्रेस बिज्ञप्तिको पूरा पाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार