तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल राप्ती ब्युरोको प्रथम बैठक सम्पन्न भएको छ ।
दाङको तुलसीपुरमा सम्पन्न भएको बैठकले जनता लुट्ने वित्तीय संस्था विरुद्ध संघर्ष चर्काउने , ब्युरो अन्तर्गतका सबै जिल्लाका भेला /सम्मेलनहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।
संगठनको प्रथम बैठकले जनता लुट्ने वित्तीय संस्था , मिटरव्याजी , लघुवित्तिय संस्था , चर्को बैंक ब्याजदर विरुद्ध संघर्षलाई प्रभावकरी ढंगले संचालन गर्ने समेत जनाएको छ।
यस्तै बैठकले सदस्यता वितरण गर्ने , सबै जनताको गुमासो सुन्न हटलाइन सेवा सुचारु गर्ने , लागुऔसध दुर्व्यसनी लगाएत सामाजिक विकृती र विसंगतिका विरुद्ध समेत जनजागरण अभियान चलाउने साथै नेपाली श्रमजीवी युवाहरुलाइ बिदेशमा बेच्ने अबैध म्यानपावर कम्पनीलाई कार्वाही गर्ने निर्णय गरेको संगठनले जनाएको छ ।
संगठनले संगठन सुदृढ तथा विस्तार अभियानलाई निरन्तरता दिने पनि निर्णय गरेको हो ।
संगठन राप्ती ब्युरो संयोजक जिवनी सीको अध्यक्षतामा बसेको वैठकमा प्रमुख अतिथि नेकपाका पोलिट्ब्युरो सदस्य शितल सी , पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सी , नेकपाका केन्द्रीय सदस्य प्रदिप सी , संगठनका केन्द्रीय सचिव बिश्लेसन सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य निर्मल सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , नेकपा पुर्वी दाङका सचिव जनक सी , शहिद परिवार समाजका केन्द्रीय सदस्य धर्ती , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य डिल्ली सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा दाङका इन्चार्ज हेमन्त प्रकाश सी , नेकपा पश्चिम दाङ अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सी को आतिथ्य रहेको थियो ।
युवा संगठन नेपाल राप्ती ब्युरोको प्रथम वैठकमा नेकपाका पोलिट्ब्युरो सदस्य शितल सी , पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य प्रदिप सी लगाएतले प्रशिक्षण मन्तव्य राख्नुभएको थियो ।
बैठकमा राप्ती ब्युरो अन्तर्गतका सबै जिल्लाका संयोजकहरुको उपस्तिथि रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.