जनसांस्कृतिक महासङ्घले साँस्कृतिक प्रतिरोध अभियान सञ्चालन गर्ने

डेली न्युजराप्ती       १३ भाद्र २०८० ०७:४४ मा प्रकाशित     174 No Comments

काठमाडौं: अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको सातौ पूर्ण बैठक एमसीसीका विरुद्ध साँस्कृतिक प्रतिरोध अभियान सञ्चालन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकले पहिलो ६ महिने आवधिक योजनाको समीक्षा गरेको छ । बैठकले संगठन निर्माणमा ६ महिने आवधिक योजनाभित्र सामान्य जग बसाले तापनि अपेक्षाकृत ढंगले संगठन निर्माण हुन नसकेको निष्कर्ष पनि निकालेको छ भने थप संगठन विस्तार तथा आङि्गक संगठनको भेला सम्मेलन र ब्युरो, जिल्लासम्म महासङ्घ विस्तार गर्ने निर्णय पनि लिएको छ ।

दोस्रो ६ महिने आवधिक योजना अनुसार पदाधिकारीहरु सम्मेलित देशव्यापी अभियान चलाउने योजना निर्माण गरेको छ । संगठनलाई यो अभियानमा परिचालन गर्न व्युरो तहको संरचना बनाएर अगाडि बढ्ने निर्णय पनि गरेको छ ।

सँगै महासङ्घले भूमण्डलिकृत सांस्कृतिक अतिक्रमणको विरुद्ध, सबै देशभक्त प्रगतिशिल सांस्कृतिक मोर्चा मिलेर अभियान चलाउने साथै चलचित्र उद्योग, संगीत उद्योग र सांस्कृतिक क्षेत्रमा देखिएका समस्याहरुको बारेमा संघर्ष गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौंको कपुरधारमा सम्पन्न बैठकमा संगठनका अध्यक्ष तथा पार्टी पाेलिट ब्युरो सदस्य माइला सीको अध्यक्षता गरेका थिए भने बैठकको संचालन संगठनका महासचिव कुशल सीले गरेका थिए । बैठकमा व्युरो संयोजक, केन्द्रीय सदस्यहरुले बैठकमा प्रस्तुत प्रस्तावमाथि सुझाव र कार्यक्षेत्रको रिपोर्टिङ गर्ने काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार