काठमाडौ, ३१ श्रावन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो । निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४।५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.