जबर्जस्त एमसीसीे कार्यान्वयन गरे ५२ साल जन्मिनेछ:विप्लव

डेली न्युजराप्ती       १४ भाद्र २०८० ०८:०१ मा प्रकाशित     106 No Comments

वसन्त विक
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जबर्जस्त एमसीसी नेपालमा कार्यान्वयन गरे २०५२ साल जन्मिने चेतावनी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी सहित चार दलको आयोजनामा एमसीसी कार्यान्वय परियोजना विरुद्ध काठमाडौँमा निकालिएको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो चेतावनी दिएका हुन् ।
उनले नेपालमा अमेरिकी साम्राज्यवादका दलाल तथा तलुवा चाट्नेहरुका कारण नेपालमा जबर्जस्त द्वन्द्व फैलाउन खोजिएको बताए ।

महासचिव विप्लवले भने, “एमसीसीको विरुद्धमा सडकमा आउने नेपाली जनतामाथि दमन गर्न पाइने छैन । सिंहदबारमा मात्र सत्ता छैन । गाउँमा जनताको सत्ता पनि छ । एमसीसीलाई अमेरिकी दलालहरुले पास गरेपनि नेपाली जनताले पास गरेका छैनन् । यदि जबर्जस्त कार्यान्वयमा लिन खोजे नेपालमा ५२ साल दोहोरिनेछ ।”
महासचिव विप्लवले दलालहरुको अत्याचारले २०५२ सालमा जनयुद्ध जन्मिएको भन्दै फेरी पनि साम्राज्यवादी र उसका दलालहरुको अत्याचार बढ्दै गए नेपाली जनताले नयाँ जनयुद्धको नेतृत्व गर्नु पर्ने अवस्था आउने बताए ।
उनले ३ करोड नेपाली जनताको बीचमा केही ज्यूदा मान्छेहरु पनि बाँकी रहेको भन्दै नेपालमा अमेरिकी डलर खाएकाहरु ज्यूदो लास भएको बताए ।

विप्लवले भने, “यो देशमा असल मान्छेहरु पनि छन् । ज्यूदा मान्छेहरु पनि छन् । देश र जनतालाई संकट पर्दा काँध थाप्ने मान्छेहरु पनि छन् । हामी आगोको झिल्को हाैँ । साम्राज्यवाद र उसका दलालहरुका विरुद्ध डढेलो झै फैलिन सक्छौँ ।”
उनले पूर्व सुरक्षाकर्मी, पूर्व जनरल, राष्ट्रवादी पत्रकार, वुद्धिजीवी, क्रान्तिकारी कम्युनिष्ट लगायत देशको माया भएका शक्तिहरु एमसीसी विरुद्ध सडकमा उत्रिएको भन्दै यो कुनैपनि हालमा नेपालमा कार्यान्वयन हुन नदिने चेतावनी दिए ।
उनले केही लाख डलरका लागि नेपालका दलाल नेता र खडक विष्ट जस्ता व्यक्तिहरु देश र जनता विरुद्ध गद्दारी गरिरहेको टिप्पणी गरे ।
महासचिव विप्लवले नुवाकोटको रातेमाटे, पाल्पा, तनहु, रुपन्देही लगायतका ठाउँहरुका जनतालाई आफ्नो भूमि नबेच्न आग्रह गर्दै नेपालको सयौ रोपनी जमिन एमसीसीले कौडीको भाउमा किनेको बताए ।

उनले नेपाली जनताको त्यो जमिन अमेरिकीहरुको हुन नसक्ने र त्यो जमिन नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरी सुकुम्वासीहरुलाई वितरण गर्ने ठोकुवा गरे ।
विकासको नाममा नेपाललाई युक्रेन बनाउन खोजेको अमेरिकी साम्राज्यवादले एमसीसीको बाटोबाट नेपाल आएको भन्दै विप्लवले भने, “यो विकास होइन, अमेरिकी हस्तक्षेप हो । राष्ट्रिय स्वाधीनतामाथिको आक्रमण हो । चीन घेर्ने र नेपालका कम्युनिष्टहरु सिध्याउने योजना हो ।“
उनले कम्युनिष्टको रातो झण्डा समेत साम्राज्यवादले हेर्न नचाहेको समेत बताए ।
विप्लवले नेपाल सरकारलाई समेत एमसीसी कार्यान्वयनमा नलैजान आग्रह गरे । उनले सरकारले जबर्जस्त कार्यान्वय गरे त्यो सहन नसकिने पनि बताए । उनले समाजवादी मोर्चामा रहेका र सरकारमा समेत रहेका दलको गलत रवैयाले समाजवादी मोर्चाको कार्यक्रम समेत आफ्नो पार्टीले स्थगित गरेको खुलासा गरे ।
महासचिव विप्लवले प्रचण्ड सरकारलाई खुल्ला चुनौती दिदै भने, “कि त यो सरकार नेपाली जनतातिर लाग्नु पर्यो कि त अमेरिकातिर लाग्नु पर्यो यो फैसाला गर्नु पर्छ ।”
उनले साम्रज्यवादका विरुद्ध लडनुपर्ने बेला नेपाली जनताले आफ्नै सेना बनाउनु पर्ने अवस्था आउन सक्ने समेत बताए ।
विप्लवले हरेक नेपालीले पार्टी, जाति, समुह भन्दामाथि उठेर देश र जनताको रक्षाको लागि एकताबद्ध भएर एमसीसी विरुद्ध संघर्षमा उत्रिन आह्वान गरे ।
उनले युवा विद्यार्थीहरुलाई विशेष महत्व दिदै सबै ९ देखि १२ कक्षा पढ्ने युवा विद्याथीहरुले निरास भएर विदेश तिर जाने नभई देशको स्वाधीनताको लागि संघर्ष गर्न अपिल गरे ।
महासचिव विप्लवले नेपालका केही डलरवादी मिडियाहरु र वुद्धिजीवी भन्नेहरुले युवा विद्यार्थीमाथि निरासा फैलाएको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार