आहुतीको पार्टीमा लाग्यो धक्का, ४ केन्द्रीय सदस्य विप्लवमा ध्रुवीकृत!

डेली न्युजराप्ती       १८ पुष २०८० १८:४७ मा प्रकाशित     142 No Comments

गणेश एसके

कैलाली : विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेताहरु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छन् ।बुधबार धनगढीमा आयोजित ध्रुवीकरण कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य देव बहादुर कठायत (दर्शन) को नेतृत्वमा केन्द्रीय सदस्यहरु, जिल्ला संयोजक र एरिया सदस्यहरु नेकपामा ध्रुवीकृत भएका हुन् ।

कस – कसले प्रवेश गरे नेपाल कम्युनिस्ट पार्टी ? 

नेकपामा ध्रुवीकृत हुनेमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल का केन्द्रीय सदस्यहरु देव कठायत, गगन सुनार , पार्टीका पूर्व केन्द्रीय सदस्य मनमाया गहतराज, दल बहादुर ओखेडा, पार्टीका ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य लोकेश बिसी, समाजवादी पार्टीको जातव्यवस्था उन्मूलन मोर्चा सुदुरपश्चिम प्रदेश संयोजक मंगल बाजुरेली र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका कैलाली र कञ्चनपुर एरिया सदस्यहरू लक्ष्मी देवि कठायत, अनिता बिसी, मैना देवि काेली, बिष्णा देवि काेली, सीता गहतराज, अन्जु काेली, भुवन चाैधरी, धनिराम चाैधरी, भउना चाैधरी, गिता चाैधरी, बेलु देवि विक, देबकी नेपाली, खिन्तुरी नेपाली, लक्ष्मी नेपाली, कलशा नेपाली, हेमा चाैधरी, मुकुन्द विक  नारायण भट्ट, काली नेपाली, सुकलाल विक, मान बहादुर खाँदु, जयराम विक, लाल विक, रमेश लुहार, श्याम दमाई रहेका छन् । त्यसैगरी माओवादी केन्द्र निकट वाइसियल धनगढी उपमानगरपालिका ११ न वडा सचिव प्रेम राना, कैलारी गाउँपालिका नागरिक उन्मुक्ति पार्टीका गाउँ कमिटी सदस्य तेजराम चौधरीले पनि बुधवार नेकपा प्रवेश गरेका छन् ।

ध्रुवीकरण कार्यक्रममा प्रमुख अतिथि रहेका नेकपा सेती ब्युरो इन्चार्ज डबल बहादुर सीले पार्टीको विशेष समितिको बैठकले लिएको क्रान्तिकारीहरूको ध्रुवीकरण गर्ने नीति अनुरुप अगाडि बढिरहेको बताए । समाजवादी सत्ताको आधार तयार गर्न वैज्ञानिक समाजवादी पार्टीका नेताहरूको ध्रुवीकरणले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । देशको डर लाग्दो संकटलाई निकास दिनका लागि क्रान्तिकारी ध्रुवीकरण निर्माण गर्नु जरुरी छ यसको लागि हाम्रो पार्टीले वातावरण सिर्जना गरी त्यसको श्रृङखला अगाडि बढाएको छ ,“नेता डबल सीले भने । उनले विश्व राजनीतिक प्रभावले नेपालमा विगठनको विजारोपण हुँदै आएको छ जसको कारण नेपालका कम्युनिस्ट पार्टीहरू टुटफुटमा रमाई रहेका बेला नेकपाले एकजुटको अभियान सुरु गरेको उनको भनाइ छ ।नेकपामा ध्रुवीकृत भएका वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य देव कठायतले आहुति नेतृत्वको पार्टीको अस्पष्ट कार्यदिशाका कारण पार्टी छोड्न बाध्य भएको बताए । विप्लवले नेतृत्व गरेको पार्टीले तय गरेको एकीकृत जनक्रान्तिको बाटो नै उत्तम देखिएकाले नेकपामा ध्रुवीकृत भएको हुँ, उनले भने । नेकपा प्रवेश गर्ने अर्का पूर्व केन्द्रीय सदस्य दल बहादुर ओखेडाले आहुतिको पार्टीमा क्रान्तिकारीपन नदेखिएको आरोप लगाए । पछिल्लो असफल संसदीय व्यवस्थाको राजनीतिलाई विकल्प दिन सक्ने नेकपाको कार्यदिशा एकीकृत जनक्रान्ति नै रहेको उनले बताए । समाजवादी पार्टीका ध्रुवीकृत हुने अर्का नेता गगन सुनारले मुख्य दुस्मनको विरुद्धमा लड्नलाई मित्र शक्तिलाई एक ठाउँमा ल्याउनका लागि एकीकृत जनक्रान्ति बलियो साधन बनेको बताए  । समाजवादी सत्ता प्राप्ति गर्नका लागि र वर्गविहीन समाजको निर्माणको क्रान्तिकारी र अग्रगनकारी शक्तिहरू एक ठाउँमा हुनुपर्ने आवश्यकतासहित नेकपामा ध्रुवीकरण भएको उनले बताए ।

ध्रुवीकरण कार्यक्रममा नेकपा कैलाली – कञ्चनपुर जिल्ला इन्चार्जहरु प्रकाश सी, विराट सी र दुवै जिल्लाका सचिव , जवस मोर्चाका नेता कार्यकर्तासहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार