तुलसीपुर खानेपानी निर्वाचन: कांग्रेसद्वारा बागी उम्मेदवारलाई कारवाहीको लागि सिफारिस

डेली न्युजराप्ती       १६ पुष २०७८ १६:२० मा प्रकाशित     593 No Comments


हेमन्त प्रकाश वली, दाङ। तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पौष १७ गते हुने निर्वाचनमा पार्टी निर्णय विरुद्ध बागी उम्मेदवारहरुलाइ नेपाली कांग्रेसले कार्वाहीको सिफारिस गरेको छ।
कांग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगत बहादुर खड्का,उपसभापति तथा प्रदेश क्षे.का.स. ३ ख सभापति खिम बहादुर वली,उपसभापति तथा क्षे.का.स.३ क सभापती देबेन्द्र रिजाल र तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमालको संयुक्त हस्ताक्षरित सिफारिसमा तुलसीपुर खानेपानीको निर्वाचनमा ९ दलिय गठबन्धनलाई समर्थन गरि अगाडि बढ्न गरेको आग्रह,अपिललाइ वेवास्ता गरि पार्टी निर्णय विरुद्धमा अगाढी बढ्दै गइ आफ्नो उम्मेदवारी फिर्ता नलिएकाले अध्यक्ष पदमा बागी उम्मेदवार बनेका तुलसीपुर उपमहानगरपालिका-५ का कृयाशिल सदस्य तथा १४औ महाधिवेशनका क्षेत्रीय प्रतिनिधि समेत रहेका पबनराज बुढाथोकी,उपाध्यक्ष पदका लागि बागी उम्मेदवार तुलसीपुर-६ का कृयाशिल सदस्य गिरिधारी प्रसाद पौडेल र कोषाध्यक्ष पदका लागि बागी उम्मेदवार तुलसीपुर-५ का भोला प्रसाद थापालाइ पार्टीको २०७८ पौष १५ भएको निर्णयको आधारमा निजहरु पार्टीको बिधान र अनुशासन भन्दा बाहिर रहेकाले निजहरुले लिएको नेपाली कांग्रेसको साधारण सदस्यता खारेज गर्दै पार्टीको कुनैपनी पदमा समेत नरहने गरि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरिएको छ।
कारवाहिको लागि सिफारिसको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार