नेपाली आकाशमाथी साम्राज्यवादको हेलिकप्टर उडिरहेको नदेख्ने दलालहरुका विरुद्ध लड्छौ-बिष्ट

डेली न्युजराप्ती       १९ भाद्र २०७८ १६:५४ मा प्रकाशित     537 No Comments


हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) राप्ती व्युरो संयोजक दिपक बिष्टले नेपाली आकाशमाथि साम्राज्यवादको हेलिकप्टरले गस्ती गरिरहेको नदेख्ने नेपाली दलाल शासकहरुका विरुद्ध लड्ने उद्घोष गरेका छन।

नेपाली सिमा क्षेत्रमा भारतीय हेलिकप्टरको हवाई गस्ती,भारतीय बिदेश मन्त्रालयका प्रवक्ताको नेपालप्रतिको हेपाहा अभिव्यक्ती र जय सिं धामीको हत्याको बिरोधमा पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ र अखिल(क्रान्तिकारी) दाङको संयुक्त आयोजना आयोजित बिरोध प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै नेता दिपकले उक्त कुरा बताएका हुन। उनले भारतिय साम्राज्यवादले पटक-पटक नेपालको राष्ट्रियतामाथि प्रहार गरिरहेकाले अब चुप लागेर बस्न नसकिने बताए।उनले भने,” नेपाली जनताहरु अब चुप लागेर बस्नु हुदैन,देश र जनताको मुक्तिको लागि भारतिय साम्राज्यवाद र नेपाली गुलाम शासकहरुका विरुद्ध निर्मम संघर्ष गर्नुपर्छ”।
एक अर्को प्रसंगमा नेता दिपकले बेलायती दासत्वबाट मुक्त भएको करिब सात दशक बितिसक्दा पनि भारतिय शासकहरु दास मानसिकताबाट पीडित भएको जिकिर गरे।

बिरोध प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै अर्का वक्ता युवा संगठन नेपाल दाङका सचिव सुदर्शनले देश र जनताको रक्षाको निम्ति आफुहरु अमुल्य जीवन बलिदान गर्न तयार रहेको बताए।उनले जय सिं धामिको हत्याको बिसयमा नेपाल सरकारले तयार पारेको प्रतिबेदनमाथी भारतीय बिदेश मन्त्रालयका प्रवक्ताको हेपाहा अभिव्यक्तिको घोर भत्सर्ना गरे। नेपाल राष्ट्रको रक्षा र जनताको मुक्तीका लागि निर्मम संघर्ष गर्दैगर्दा भारतिय साम्राज्यवाद वा नेपालका बैदेशिक गुलाम शासकहरुको गोलि खान पनि तयार रहेको नेता सुदर्शनको उद्घोष थियो। उनले नेपाली जनताको अनुमति नलिई नेपाली आकाशमाथी उडिरहेको हेलिकप्टर तत्काल फिर्ता लिनुपर्ने बताएका थिए।

संयुक्त बिरोध प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमर खड्काले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार