एकीकृत जनक्रान्तिका महान सहिदहरुको स्मृतिमा दीप प्रज्वलन

डेली न्युजराप्ती       १२ जेष्ठ २०७९ २२:२४ मा प्रकाशित     260 No Comments

बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले एकिकृत जनक्रान्तिमा जिवनको वलिदान दिने अखिल (क्रान्तिकारी)का तत्कालिन केन्द्रिय सदस्य एकिकृत जनक्रान्तिका महान सहिद प्रज्वलन शाही लगायत सम्पूर्ण महान सहिदहरुको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमा बोल्दै अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य विष्णु बहादुर राउतले दलाल संसदीय ब्यवस्थाका विरुद्व लड्दा लड्दै सहादत प्राप्त गर्नुहुने महान सहिद प्रज्वलन शाहीको स्मृतिमा देशब्यापि रुपमा दीप प्रज्वलन गरेको बताए । उनले प्रज्वलनको भौतिक शरिर हाम्रो माझमा नभए पनि उहाँले देखाएको विचार लाखौं विधार्थीहरुको मुक्ति यात्राको निम्ति सहि रहेको भन्दै निरन्तर त्यही बाटोमा लाग्ने बताए । दलाल संसदीय ब्यवस्था पैसा हुनेले सासन गर्ने ब्यवस्था रहेको र यसको अन्त्य नभए सम्म देशमा वैज्ञानिक समाजवाद स्थापना नभएसम्म जनता र आम विधार्थीको मुक्ति सम्भव नभएको बताए । उनले नेपालमा दलाल संसदीय व्यवस्था संसदवादका मतियारहरुको अन्त्य नभएसम्म र वैज्ञानिक समाजवाद स्थापना नहुञ्जेलसम्म निरन्तर लड्ने बताए । प्रज्वलन शाही लगायत पाँचजना सहिदहरुले देखाएको बाटो सहि र विज्ञानसम्वद्व रहेको र उहाँहरुले देखाएको बाटोमा लाग्ने प्रतिबद्वता गरे । कार्यक्रममा विधार्थीका नेता विभिन्न जवस मोर्चाका नेता कार्यकर्ताहरु गरी ५० जनाको उपस्थिती रहेको थियो । कार्यक्रम अखिल (क्रान्तिकारी)का जिल्ला सदस्य नयन अर्यालको सन्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार