नेकपा पश्चिम दाङको सातौं बैठक सम्पन्न, समाजवादका विषयमा जनतासंग जनभेटघाट गर्ने

डेली न्युजराप्ती       २४ मंसिर २०८० २२:५२ मा प्रकाशित     222 No Comments

हेमन्त प्रकाश ओली ।

मंसिर २४ ,तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङको सातौं बैठक सम्पन्न भएको छ ।

आइतबार तुलसीपुरमा सम्पन्न बैठकले राजनीतिक , वैचारिक , संगठनात्मक तथा आर्थिक लगाएतका विविध विषयमा महत्वपूर्ण निर्णय गरेको नेकपाले जनाएको छ ।

बैठकले पालिका स्तरमा समाजवादी मोर्चा गठनका लागि पहल गर्ने , संसदीय व्यवस्थाको विकल्पमा समाजवाद भन्ने विषयमा जनतासंग जनभेटघाट गर्ने , भ्रष्टाचार , कालोबजारी , अन्याय , अत्याचार , व्यथिती , विसंगतीका विरुद्ध जनसंघर्ष गर्ने , पार्टीका नेताकार्यकर्ता आत्मनिर्भर बन्ने पार्टीको नितिलाइ लागू गर्दै उत्पादन कार्यलाई थप व्यवस्थित गर्ने लगाएतका निर्णय गरेको जनाईएको छ ।

यस्तै बैठकले पार्टीपंक्ती युवा तथा बिद्यार्थी संगठनका भेला / सम्मेलनहरुमा केन्द्रित रहने निर्णय गरेको छ भने ४ जना नेताकार्यकर्तालाई जिल्ला कमिटीमा मनोनीत समेत गरेको छ।

सातौं बैठकलाई सम्बोधन गर्दै बैठकका प्रमुख अतिथी नेकपाका केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला इन्चार्ज प्रदिप सीले संसदीय व्यवस्थाले युवाहरुलाइ निराश बनाएको बताए।

उनले भने– ‘ यो दलाल व्यवस्थाले नेपालका लाखौं युवाहरुलाई निराश बनाएको छ । संसदीय व्यवस्थाका कारण लाखौं युवाहरु बेरोजगार बन्नुपरेको छ । हाम्रो पार्टीले युवाहरुलाइ निराशा होइन समाधान दिएको छ । युवाहरु निराश हुने होईन यो दलाल सत्ताका विरुद्ध एकपटक बिद्रोह गर्ने आँट गर्नुपर्छ । बिदेश गएर यो देश बन्दैन , मुलुक बनाउन यहीँ देशको माटोसंग खेल्नुपर्छ।’

नेता प्रदिपले संसदीय व्यवस्था सम्पुर्ण हिसाबले संकटमा फसेको समेत वताए ।

राजनीतिक अस्थिरता , मुलुकभित्रको अशान्ती , आर्थिक रुपको टाटपल्टाइ लगाएत सम्पुर्ण क्षेत्र ध्वस्त हुने स्थितिमा पुगेकाले यो व्यवस्थाको विकल्पमा समाजवाद स्थापना अनिवार्य भएको बताए ।

एक अर्को प्रसंगमा बोल्दै नेता प्रदिपले काठमाडौं जिल्ला अदालतले पार्टीका महासचिव , प्रवक्ता लगाएतका शिर्ष नेतृत्व विरुद्धको पक्राउ पुर्जी जारी तत्काल खारेज नगरे पार्टीले कडा संघर्ष मार्फत प्रतिरोध गर्ने समेत स्पष्ट बनाएका थिए ।

पक्राउ पुर्जी जारी गरेर अदालतले मुलुकमा शान्ती भाड्न खोजेको नेता प्रदिपको भनाई थियो ।

बैठकको अध्यक्षता एवम सञ्चालन नेकपाका पश्चिम दाङका सचिव निर्मल सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार