दाङमा यो वर्ष विप्लव नेतृत्वको नेकपाले १३ बिघामा खेती गर्ने , असार ३० गतेसम्म सम्म श्रम विदा

डेली न्युजराप्ती       १२ असार २०८१ ०७:३९ मा प्रकाशित     122 No Comments

असार ११, तुलसीपुर ।
विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले यो वर्ष १३ बिघा जमिनमा खेती गर्ने भएको छ ।
पार्टीको आत्मनिर्भर नीति अनुरुप जिल्लाका देउखुरी , घोराही र तुलसीपुर गरि कुल १३ बिघा जमिनमा खेती गर्न लागिएको जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीको केन्द्रीय नीति अनुसार उत्पादन कार्यका लागि सबै नेताकार्यकर्तालाई असार १० गतेदेखी ३० गतेसम्म श्रम विदा दिने समेत निर्णय गरेको छ ।

श्रम विदामा पार्टीका सम्पुर्ण नेताकार्यकर्ताहरुले राजनीतिक अभियानको कामलाई थाती राखेर कृषि उत्पादनको काममा अनिवार्य जोडिनुपर्ने पार्टीको नीति रहेको जनाएको छ ।

जिल्लाको उत्पादन कार्यलाई व्यवस्थित गर्नका लागि पार्टीले जिल्ला स्तरीय उत्पादन बोर्ड गठन गरेको पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले जानकारी दिनुभयो ।

नेकपाले देउखुरी उत्पादन केन्द्र , घोराही उत्पादन केन्द्र र तुलसीपुर उत्पादन केन्द्र गरि कुल १३ बिघा जमिनमा यो वर्ष सुरुको सिजनमा धान खेती गर्न लागिएको समेत जनाएको छ ।

यस्तै जिल्लाका सबै उत्पादन केन्द्रको बैठक बसि ठोस नीति तथा कार्यक्रम बनाउने गरिएको समेत जनाइएको छ ।

नेकपाका अनुसार सोमबार तुलसीपुर उत्पादन केन्द्रको बैठक बसी उत्पादन कार्यलाई व्यवस्थित गर्न महत्वपूर्ण निर्णय गरिएको जनाएको छ ।
बैठकले पार्टीको एकीकृत स्वामित्वको अर्थप्रणालीको आधारमा लगानी र श्रमका बारेमा महत्त्वपूर्ण निर्णय गरेको जनाएको हो ।

oppo_2

तुलसीपुर उत्पादन केन्द्रको बैठक पार्टीका केन्द्रीय सदस्य एवम ३ नं. निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सीको अध्यक्षता , पार्टीका पिबिएम शितल सीको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीको आतिथ्यतामा सम्पन्न भएको हो ।

बैठकको सहजीकरण पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले गर्नुभएको थियो ।

श्रम र लगानीलाई परिणामुखी बनाउने गरि जिल्ला उत्पादन बोर्डको नेतृत्व पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले गर्ने बताइएको छ ।

oppo_2

नेकपाले पार्टीको नवौं महाधिवेशनबाट आत्मनिर्भर नेताकार्यकर्ता , आत्मनिर्भर पार्टी र आत्मनिर्भर देशको अवधारणा सहित देशैभरी कृषि उत्पादन कार्य सुरु गरेको हो । अहिले देशैभरी सयौं बिघा जमिनमा पार्टीका नेताकार्यकर्ताले एकीकृत स्वामित्वका आधारमा खेती गरिरहेको नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार