कम्युनिस्ट पार्टीलाई राष्ट्र र जनताप्रती उत्तरदायी पार्टी बनाउनुपर्छ:विप्लव

डेली न्युजराप्ती       २७ असार २०७९ २२:१८ मा प्रकाशित     301 No Comments


असार २७,काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले कम्युनिस्ट पार्टीलाई राष्ट्र र जनताप्रती उत्तरदायी पार्टी बनाउनुपर्ने बताउनुभएको छ।
पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथो पुर्ण बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै विप्लवले उक्त कुरा बताउनुभएको हो।

विप्लवले भन्नुभयो– ‘कम्युनिस्ट पार्टीलाई जनता र राष्ट्रप्रती उत्तरदायी पार्टी बनाउनुपर्छ। राष्ट्रिय स्वाधीनताको पक्षमा विश्राम नगरी लड्नुपर्छ।युवाहरु भ्रष्टाचार,सामाजिक विभेद,महंगी,बिकृती बिसंगती विरुद्ध निरन्तर संघर्षमा होमिरहनुपर्छ।’

विप्लवले अवसरवाद खासखास समयमा आउने कुरा समेत बताउनुभएको थियो।अवसरवादीहरु मौका कुरेर बस्ने र जतिबेला आफ्नो फाइदा हुन्छ प्रहार गर्ने जिकिर गर्नुभएको हो।

प्रशिक्षणात्मक मन्तव्य राख्दै विप्लवले भन्नुभयो– ‘धर्मेन्द्र-सुदर्शनले ढाडमा छुरी हानेर हिडे।पुससम्म सुदर्शनले निर्वाचन बहिस्कारको कुरा गरेनन्।धर्मेन्द्रले राष्ट्रपतीय प्रणालीको प्रस्ताव गरेका हुन।अवसरवादीहरुले मौका कुरेर बसेका हुन्छन त्यसैगरी धर्मेन्द्र-सुदर्शनले चुनाव प्रयोगको तत्कालीन कार्यनीतिलाई बहाना बनाएर आफ्नो फाइदाको लागि पार्टी र क्रान्तीमाथी प्रहार गरेर हिडे।वर्गसंघर्षले अन्तरसंघर्षमा पनि शुद्धिकरण ल्याउछ।’

एमसिसी पछि नेपालमा अमेरिकी सेना आउँछ भन्ने पार्टीले बताउदै आएको भन्दै अहिले त्यो कुरा पुष्ठि भएको विप्लवको भनाइ थियो। उहाले अमेरिकी सेना आउने कुरा कांग्रेसलाई पनि थाहा भएको तर यति छिट्टै नाङ्गो ढंगले आइहाल्छ भन्ने नलागेको समेत स्पष्ट पार्नुभएको थियो।

दलाल पुजीवादी सत्ता चरम संकटमा रहेको र अन्तर्राष्ट्रिय परिस्थिति पनि क्रान्ती अनुकुल रहेको बिश्लेसन गर्ने पार्टीका विरुद्ध भ्रम फैलाउने फुटवादीहरुको कोलाहल जनताले बिश्वास नगर्ने विप्लवको जिकिर थियो।

कंचन-सुदर्शन एकीकृत जनक्रान्तीका बिरोधीहरुको घेरामा फसेको बताउदै विप्लवले एकीकृत जनक्रान्ती जुकसुकै मुल्यमा पूरा गरिछाड्ने बिश्वास व्यक्त गर्नुभएको थियो।

सोमबार देखि काठमाडौंमा बसेको चौथो पुर्ण बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले आ-आफ्नो जिल्लाको रिपोर्ट प्रस्तुत गरेका छन।

पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यमा सुरु भएको युवा संगठन नेपालको चौथो पुर्ण बैठकमा नेकपाका सचिवालय सदस्य सन्तोष बुढा(विषम),नेकपाका केन्द्रीय सदस्य एवम संगठनका फ्र्याक्सन इन्चार्ज कृती,
नेकपाका केन्द्रीय सदस्य एवम धादिङ-काठमाडौं जिल्ला इन्चार्ज माइला लामा,नेकपा केन्द्रीय सदस्य एवम भक्तपुर जिल्ला इन्चार्ज आस्था,नेकपा केन्द्रीय सदस्य शुसिलको आतिथ्य रहेको थियो।

संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीको अध्यक्षतामा बसेको बैठकको संचालन संगठनका महासचिव बिदुसीले गर्नुभएको छ।

बैठक भोलीसम्म चल्ने र राष्ट्रघात,जनघात,महंगी,भ्रष्टाचार,सामाजिक विभेद,बिकृती बिसंगतीका विरुद्ध संघर्षको संखघोस गर्ने संगठनले जनाएको छ।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार