असोज २३, तुलसीपुर । युवा संगठन नेपाल पश्चिम दाङले इजरायलमा मारिएका नेपाली बिद्यार्थीहरु प्रती श्रद्धाञ्जली व्यक्त गरेको छ ।
मंगलबार तुलसीपुरको बिरेन्द्र चोकमा संगठनले दिप प्रज्वलनको आयोजना गरि प्यालेस्टाइनले इजरायलमाथि गरेको आक्रमणमा ज्यान गुमाउने १० जना नेपाली बिद्यार्थीहरुको स्मृतिमा दिप प्रज्वलनसहित हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त दिप प्रज्वलन कार्यक्रममा संगठनका केन्द्रीय , जिल्ला एवम नगर समितिका सयौं नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.