युवा संगठन नेपालको राष्ट्रिय सम्मेलन माघ २० देखि २४ गतेसम्म धनगढीमा हुने

डेली न्युजराप्ती       २१ भाद्र २०८० ०७:३६ मा प्रकाशित     166 No Comments

नयाँ एकताको अध्याय सुरु भएको छ : महासचिव विप्लव

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नयाँ एकताको अध्याय सुरु भएको बताएका छन् ।

भदौ १९ र २० गतेसम्म कपिलवस्तुकाे शिवगढीस्थित पार्टी कार्यालयमा चलेको युवा संगठन नेपालको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनलेे नेपालको राजनीतिमा ठूलो परिवर्तन भएको समेत बताए ।

महासचिव विप्लवले अहिले अन्तर्विरोध बदलिएको र नेपालमा मुख्य दुश्मन नै साम्राज्यवादी र घरेलु दलाल रहेको प्रष्ट्याए ।

आफ्नो देशको रक्षाका निम्ति नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, वामपन्थी, देशभक्त, लोकतन्त्रवादी सबैलाई गोलबन्द हुन आह्वान गरे ।
उनले भने, ‘विचारको विकास महत्त्वपूर्ण कुरा हो र कम्युनिस्ट हुनु पनि राम्रो कुरा हो तर ठुलो कुरा गरेर मात्रै बस्नु राम्रो होइन जनताले राम्रो र प्रगतिलाई मन पराउने भएकोले श्रम र जनतालाई विश्वास गर्नु पर्छ ।’

नेपालमा कम्युनिस्टहरुलाई सिद्ध्याउन साम्राज्यवादीहरुले ठुलो लगानी गरिरहेको भन्दै महासचिव विप्लवले त्यसको फलस्वरूप प्रचण्डलाई, माओवादीहरूलाई आतंककारी हत्यारा भनिरहेकाे बताए ।
बैठकमा पार्टीका स्थायी समिति सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज शिलु सीले विश्व क्रान्तिमा बहस छेडिरहेको र जनताको आशा विश्वास आन्दोलन हाम्रो नेतृत्व र पार्टीलाई मात्र रहेको बताए ।
त्यसकारण युवाहरूलाई फिल्डमा जोश जागरका साथ जान निर्देशन दिए ।
त्यसैगरी बैठकमा असल सीले युवाहरू भनेको नयाँ सोच, विचार, चेतना र प्रविधि भएको बताए । हाम्रो पुस्ताले गणतन्त्रसम्म ल्याउन सफल भयो अब गणतन्त्रलाई संस्थागत गर्दै वैज्ञानिक समाजवादसम्म पुर्याउनु अहिलेको युवा पुस्ताको दायित्व रहेको बताए ।

दुई दिनसम्म चलेको युवा संगठन नेपालकाे बैठकले माघ २० देखि २४ गते संगठनको राष्ट्रिय सम्मेलन व्यापक रूपमा धनगढीमा गर्ने निर्णय गरेको छ ।

त्यसका लागि पहिलाको कमिटी भंग गर्दै पाटन सीको संयोजकत्वमा सम्मेलन आयोजक कमिटी चयन गरेको छ ।
त्यसैगरी MCC सम्झौता विरुद्ध संघर्ष गर्ने, भदौ ३० गते वृक्षारोपन, असोज ५ गते रक्तदान, असोज २४ गते बृद्धाश्रम बालश्रममा गएर दान गर्ने, मानव तस्करीहरुको विरुद्ध संघर्ष गर्ने लगायक महत्त्वपूर्ण निर्णय गरेको छ ।
नेपाली युवाहरुको प्रिय एवम् गौरवशाली संगठन युवा संगठन नेपाल केन्द्रीय समितिको सातौं पूर्ण बैठक संगठनका निवर्तमान अध्यक्ष पाटन सीको अध्यक्षता, पार्टी महासचिव विप्लव सीको प्रमुख आतिथ्यता र जवस फ्याक्सन इन्चार्ज शिलु सी को आतिथ्यतामा आज सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैंकक ठकले गरेका दुरगामी एवम् महत्वपूर्ण निर्णयले युवाहरुलाई थप उत्साहित र जिम्मेवार बनाएको छ ।

बैठक सम्पन्न भएपछि पार्टीका कार्यालय नजिकै युवाहरूले बाटो निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार