युवा संगठन नेपाल घोराही ७ को अध्यक्षमा यमराज चौधरी

डेली न्युजराप्ती       २३ आश्विन २०७८ १८:५३ मा प्रकाशित     481 No Comments


न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल घोराही उपमहानगरपालिका वडा नं. ७ को प्रथम वडा भेला सम्पन्न भएको छ।
भेलाले यमराज चौधरीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी निर्वाचित गरेको जनाइएको छ। युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटन जंगलिको प्रमुख आतिथ्यमा भएको भेलामा युवा संगठन नेपाल दाङका इन्चार्ज मनोज,जिल्ला सहसचिव अजय,नेकपा दाङ जिल्ला सदस्य महान,अखिल नेपाल महिला संघ क्रान्तिकारी घोराही उपमहानगर संयोजक मनिशा,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ जिल्ला उपाध्यक्ष दिनेशको आतिथ्य रहेको थियो भने भेलाको सहजीकरण युवा संगठन नेपाल घोराही उपमहानगर अध्यक्ष पदम चन्दले गरेका हुन।
भेलाले कार्तिक १३ गते महासचिव विप्लवले उद्घाटन गर्नुहुने संगठनको राष्ट्रिय सम्मेलन भव्यताका सफल बनाउन सम्पुर्ण तयारी गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार