तुलसीपुरमा राजा बिरेन्द्रको शालिक पुनर्स्थापनाको चौतर्फी बिरोध

डेली न्युजराप्ती       १४ चैत्र २०७८ २१:३७ मा प्रकाशित     823 No Comments


तुलसीपुर, चैत्र १४ । दाङको तुलसीपुरमा पूर्व राजा वीरेन्द्र शाहको शालिक राखिएको छ । सोमबार बेलुकी पाँच बजेतिर तुलसीपुर उपमहानगरपालिका–५ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहको नेतृत्वमा पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक राखिएको हो।
शालिक ललितपुरबाट २ लाख ५० हजार रुपैयाँमा किनेर ल्याएको वडा अध्यक्ष शाहले बताएका छन। अध्यक्ष शाहका अनुसार शालिक ल्याउनका लागि विभिन्न व्यक्तिहरुले सहयोग गरेको र त्यो केहि दिनभित्र सार्वजनिक गरिने बताए। २०६२/६३ को जनआन्दोलनमा आन्दोलित तत्कालिन नेकपा (माओवादी)ले पूर्व राजा वीरेन्द्रको शालिक तोडफोड गरेर हटाएका थिए ।
यस अघि वीरेन्द्रको शालिक हटाएपछि कतिपयले गणतन्त्र चोक पनि भन्ने गरेका थिए। शालिक राख्ने वडा अध्यक्ष शाह नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन।

यस्तै आज तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का अध्यक्ष बिरेन्द्र शाहको नेतृत्वमा राजा बिरेन्द्रको शालिक पुन: राखिएपछी चौतर्फी बिरोध भएको छ। बिशेषगरि माओवादी तप्काले शालिक पुनर्स्थापनाको खुलेर बिरोध गरेको छ।
शालिक पुनर्स्थापना भएपछी विप्लव नेतृत्वको नेकपा दाङका सेक्रेटरी प्रदिपले सामाजिक संजाल फेसबुक मार्फत बिरोध जनाएका छन। सेक्रेटरी प्रदिपले लेखेका छन – ‘कुनैदिन समयले इटको जवाफ पत्थरले दिनेछ ।’
नेकपाका सेक्रेटरी मात्रै नभएर शालिक पुनर्स्थापना गरिएपछी देशभक्त,प्रगतिशील,बामपंथी,बुद्धिजीवी तप्काबाट सर्वत्र बिरोध भएको छ।

शालिक पुनर्स्थापनाको विरुद्धमा नेकपा दाङका सेक्रेटरी प्रदिपद्वारा सामाजिक संजाल फेसबुकमा लेखिएको स्टाटस।
प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार