जेठ १५ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीले तुलसीपुर उपमहानगरपालिकाको ३ नं. वडामा ६ महिने अभियान चलाउने निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टीको वडा कमिटीको पुर्ण बैठकले केन्द्रीय योजना अनुरुप ६ महिने आवधिक योजनालाई ३/३ महिनामा बिभाजन गरि संगठन सुदृढीकरण एवम विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले वडामा राजनीतिक अन्तरक्रियाहरुको आयोजना गर्ने , समाजवादी राज्यव्यवस्थाका बिषयमा भित्तेलेखनहरु गर्ने , समाजवादी मोर्चा गठन गर्ने , मिटरव्याज , लघुवित्त , सामाजिक विभेद एवम विकृती विसंगतीका विरुद्ध संघर्ष गर्ने लगाएतका निर्णय गरेको पार्टीले जानकारी दिएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका तुलसीपुर नगर इन्चार्ज भुवन सी , पार्टीका जिल्ला कमिटी सदस्य प्रकृति सी , पार्टीका जिल्ला कमिटी सदस्य शुदर्शन सी लगाएतको आतिथ्यता रहेको थियो ।
बैठकमा प्रमुख अतिथि सविन सीले प्रशिक्षणात्मक मन्तव्य राख्दै नेपालमा कम्युनिस्टहरुका विरुद्धमा षड्यन्त्रहरु भइरहेकाले अब सबै सच्चा इमानदार कम्युनिस्ट , बामपंथीहरु एकजुट हुने बेला आएको बताउनुभएको थियो ।
उहाँले माओवादी पार्टी विभिन्न धारामा बिभक्त हुँदा घरेलु प्रतिक्रियावादी र साम्राज्यवादीहरुले फाइदा उठाउने गरेको र इमानदार माओवादी नेताकार्यकर्ताको चाहना माओवादी पार्टीहरुको एकता होस भन्ने भएकाले माओवादी धाराकाबिचमा एकता हुनुपर्ने धारणा समेत व्यक्त गर्नुभएको हो ।
नेता सविनले दलाल संसदीय व्यवस्थाले नेपाली जनताको शान्ती , समृद्धि , स्वाधीनता र शुसासनको चाहना पूरा गर्न नसक्ने भएकाले यसको विकल्प नेपाली विशेषताको समाजवाद भएकाले समाजवादका पक्षमा व्यापक जनलहर सिर्जना गर्न पार्टीका नेताकार्यकर्तालाई निर्देशन समेत दिनुभएको थियो ।
यस्तै बैठकमा पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पार्टीको तेस्रो आवधिक योजनाको मर्म र भावना अनुरुप नेताकार्यकर्ता जनतामा पुग्नुपर्ने बताउनुभएको थियो ।
बैठकको अध्यक्षता एवम सहजीकरण पार्टीका वडा सचिव ओम प्रकाश सीले गर्नुभएको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.