सडकको कालोपत्रे एक हप्तापनि टिकेन….

डेली न्युजराप्ती       २९ असार २०८० १८:१९ मा प्रकाशित     170 No Comments

सल्यान । सल्यानको सदरमुकाम खलंगाबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने ‘खलंगा-कुपिण्डे-बालुवासंग्रही’ सडकको कालोपत्रे एक हप्ता पनि टिकेको छैन् । केहिदिन अगाडी असारको बर्खे झरीमा यो सडक कालोपत्रे गरिएको थियो ।
सो सडक खण्ड अन्तरगत बनगाड कुपिण्डे नगरपालिका ९ ज्यामिरे देखी बाबियाचौर खण्डको करिब १५ सय मिटर सडक प्राकृतिक र निशान जेभीले असारको अन्तिम सातातिर कालोपत्रे गरेको थियो । असारको झरी चलिरहेको बेला सुर्खेतको बोटेचौरबाट कच्चापदार्थ ढुवानी गरेर सडक कालोपत्रे गरिएको थियो ।
उक्त सडकको १५ सय मिटर सडक कालोपत्रे गर्ने भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण व्यवसायिले २०७७ असार ७ गते भ्याट सहित १ करोड ४२ लाखमा सम्झौता गरेका थिए । जसअनुसार २०७७ पुस ६ गते काम सम्पन्न गर्नुपर्ने थियो । तोकिएको समयमा काम नभएपछि २०७८ चैत ३० गते सम्मलाइ अन्तिम पटक म्याद थपिएको थियो ।

ठेक्का रद्द छ भुक्तानी हुँदैन् सडक डिभिजन:

अन्तिम पटक म्याद थप गर्दा पनि कालोपत्रेको काम नभएको र म्याद थप नभएकाले २०८० असार ११ गते सडक डिभिजन कार्यालय दाङले ठेक्का रद्ध गरेको कार्यालयका सुचना अधिकारी रिकेश महर्जनले बताए । तर निर्माण व्यवसायीले भने ठेक्का रद्द नभएर वारेन्ट दिइएको भन्दै असार ११ पछिबाट कालोपत्रे सुरु गरेका थिए ।
उक्त कालोपत्रेको भुक्तानी नभएको र ठेक्का रद्द भैसकेकोले अब भुक्तानी पनि गर्न नमिल्ने सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी रिकेश महर्जनले बताए । उनले भने, ‘हामीले असार ११ गतेदेखि अगाडीको मात्रै फाइल हेर्छौं । त्यसपछि गरेको कालोपत्रेको हामीले मुल्यांकन गर्दैनौं ।’

उक्त निर्माण व्यवसायीले म्याद तोकिएको अन्तिम समय २०७८ चैत ३० गतेसम्म वाल र केहि नालाको काम गरेकोले ५२ लाख ७३ हजार रकम भुक्तानी गरिएको उनले बताए । त्यसपछिको कामको भने भुक्तानी नहुँने उनले बताए ।

डिजाइन गलत भएकोले कालोपत्रे उम्कियो : निर्माण व्यवसायी:

सो सडक निर्माण कम्पनी प्राकृतिक निशान जेभिका संचालक डिल्ली केसीले सडकको डिजाइनमा नाला नभएकोले कालोपत्रे उम्किएको बताए । उनले सडकको डिजाइन गर्दा नाला कम र साँघुरो घुम्ती राखिएकोले घुम्तीमा कालोपत्रे उत्रिएको बताए ।

‘ति घुम्तीहरुमा कालोपत्रे गरेर हुँदैन्, आरसिडी गरेपछि मात्रै टिक्छ’, केसीले भने, ‘नालाहरु पनि छैनन् अनि पहाडको कालोपत्रे कसरी जोगाउन सकिन्छ । तर सडक डिभिजनले भने २०७७ असार अगाडी स्टमेट गर्दा त्यसपहिला नालाहरु भएकोले थोरै ठाउँमा मात्रै नालाहरु राखिएको बताए । पहिला नालाहरु भएकोमा तीन वर्षसम्म केहि काम नहुँदा ति नालाहरु काम नलाग्ने अवस्थामा अहिले पुगेको सडक डिभिजन कार्यालय दाङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार