काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सहित ४ ओटा कम्युनिस्ट / वामपन्थी सम्मीलित समाजवादी मोर्चाको आज दिउँसो ३ बजे हुने भनिएको घोषणा कार्यक्रम १ घण्टा ढिलो अर्थात ४ बजे हुने भएको छ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मोर्चाका प्रमुख नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो।
गत दुई गते नेपालको पुर्वी क्षेत्रका पाँचथर ,संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा बाढी पहिरोले हुन गएको धनजनको क्षति सम्बन्धमा आवश्यक कामका लागि प्रधानमन्त्री प्रचण्ड व्यस्त रहनु पर्ने भएकोले आजको कार्यक्रम एक घण्टा ढिलो गर्ने निर्णय भएको श्रोतले जानकारी दिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.