घन्टौं लाइनमा उभिएर बिल काट्छन प्रादेशिक अस्पताल तुलसीपुरमा गर्भवती महिलाहरु

डेली न्युजराप्ती       २२ जेष्ठ २०७९ १३:०९ मा प्रकाशित     289 No Comments

प्रादेशिक अस्पताल तुलसीपुर अस्तव्यस्त

जेठ २२,तुलसीपुर । तुलसीपुर प्रादेशिक अस्पताल अस्तव्यस्त अवस्थामा रहेको छ।
अस्पतालमा विभिन्न स्वास्थ्य समस्याका बिरामीहरुको सहज रुपमा स्वास्थ्य उपचार पाउन नसकेको आम सेवाग्राहीले गुनासो गरेका छन।
गर्भवती महिला,बृद्धबृद्धाहरुले घण्टौ लाइनमा उभिएर स्वास्थ्य सेवा लिन बाध्य छन।

बिशेषगरि ओपिडी टिकट लगाएत बिल काट्ने ठाउमा जनशक्तिको अभाव हुँदा दैनिक सयौं सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन।
त्यस्तै प्रयोगशालामा पनि जनशक्तिको अभाव देखिएको छ।
एक गर्भवती महिलाले भनिन– ‘मेरो पेटमा ९ महिनाको बच्चा छ,बिल काट्नको लागि लाइनमा बसेको झण्डै १ घण्टा हुन थाल्यो तर पालो पाएकी छैन।’

अस्पतालमा स्वास्थ्य सेवाको लागि पुगेका एक जना पुरुषले आक्रोशित हुँदै भने– ‘यस्तो पनि अस्पताल हुन्छ? मुर्दा घर पनि अलि व्यवस्थित हुन्छ तर यो स्थिती देख्दा त अचम्म लागिरहेको छ।’
दैनिक हजारौं सेवाग्राहीले सेवा लिने प्रादेशिक अस्पताल तुलसीपुरको स्तरउन्नति र सहज,सरल ढंगले सेवा लिन पाउने नागरिककोबअधिकारको लागि सरोकारवाला निकायको ध्यान जान अत्यन्त जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार