न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगर कमिटीद्वारा खेलाडीहरुलाइ फुटबल हस्तान्तरण गरिएको छ।
घोराही उपमहानगरपालिका-६ अघरा टोलको आयोजनामा कटुवाखोला र बबई नदिको किनारमा अवस्थित खेल मैदानमा आयोजित फुटवल प्रतियोगितालाई २ वटा फुटवल प्रदान गरिएको संगठनले जनाएको छ। फुटबल हस्तान्तरण संगठनका घोराही उपमहानगर अध्यक्ष तथा संगठनका जिल्ला सचिवालय सदस्य समेत रहेका पदम चन्दले गरेका थिए। हस्तान्तरणपछि मन्तव्य राख्दै नेता पदमले खेल क्षेत्रको विकास र समृद्धि वैज्ञानिक समाजवादी राज्यव्यवस्थामा मात्र सम्भव भएको बताए।उनले दलाल संसदीय व्यवस्थाले खेलाडीहरुलाइ खेल क्षेत्रमा हौसला प्रदान गर्नुको साटो निरुत्साहित गर्न खोजिरहेको बताए। एक फरक प्रसंगमा नेता पदमले देश इतिहासमै सर्वाधिक संकटमा परेकाले संकट समाधानको निर्विकल्प माध्यम जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना रहेको बताए। उनले असोज ९ गतेदेखी १४ गतेसम्म संचालन हुने फुटबल प्रतियोगिता सफलताको शुभकामना समेत व्यक्त गरे।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने द्वितीय हुने टिमले नगद रु १० हजार सहित कप,मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक वालाराम बुढाले बताए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.