असार २३, दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङका नेताकार्यकर्ताहरुले पार्टीका जिल्ला नेता भरत सीको धान रोपाइँमा श्रमदान गरेका छन् ।
शनिबार पार्टीका जिल्ला कमिटी सदस्य भरत सीको तुलसीपुर पर्सेनी स्थित करिव ८ कठ्ठा क्षेत्रफलमा फैलिएको जग्गामा धान रोपाइँमा पार्टीका नेताकार्यकर्ताहरुले श्रमदान गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समितीका सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज विकाश सी सहितको टोलिले पार्टीका जिल्ला नेता भरत सीको धान रोपाइँमा श्रमदान गरेका हुन् ।
धान रोपाइँमा पार्टीका दाङ जिल्ला कार्यालय सदस्य रुद्र सी , पार्टीकि दंगिशरण गाउँकमिटी इन्चार्ज जिवनी सी, अनेमसंघ क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकृति सी , अनेमसंघ क्रान्तिकारी तुलसीपुर उपमहानगर कमिटीका अध्यक्ष धना सी लगाएतक तुलसीपुर क्षेत्रका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
नेकपाले यतिबेला देशव्यापी आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेताकार्यकर्ता र आत्मनिर्भर देशको अवधारणा सहित कृषी उत्पादनको कार्यलाई निरन्तर अगाडि बढाएको छ ।
उत्पादनका लागि भनेर नेकपाले असार १० गतेदेखी पार्टीका राजनीतिक कामकाजलाई थाँती राखेर असार मसान्तसम्म बिदा समेत दिने गरेको सो पार्टीले जानकारी दिएको छ ।
यता नेकपा दाङले यो वर्ष करिव १३ बिघा जमिनमा सामुहिक उत्पादन गर्ने जनाएको छ ।
जिल्लाका देउखुरी , घोराही र तुलसीपुरलाई तिनवटा उत्पादन केन्द्रमा बिभाजन गरि उत्पादन कार्यलाई व्यवस्थित गरिएको नेकपाले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.