बेरुजु रकम तथा एमसिसी सम्झौता विरुद्ध युवा संगठन नेपाल दाङको बिरोध प्रदर्शन

डेली न्युजराप्ती       २२ भाद्र २०७८ १६:०१ मा प्रकाशित     513 No Comments


हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङले घोराहीमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

२०७८ को बेरुजु रकम तथा एमसिसी सम्झौताको विरुद्धमा आयोजित बिरोध कार्यक्रम र्यालिसहित शहिदगेटदेखि दामोदर चोक हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

बिरोध प्रदर्शन कार्यक्रमलाइ सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटनले देउवा सरकारको गृह प्रशासनले अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध जनतालाइ आतंकित पार्ने गरि जारी गरिएको बिज्ञप्तिदेखि आफ्नो संगठन नडराउने बताउनुभयो।उहाले आफुहरु निरन्तर जेल,हिरासत भोगेर आएको समेत बताउदै अहिलेपनी देश र जनताका खातिर बलिदान गर्न तयार रहेको बताउनुभयो।
एमसिसी सम्झौता मार्फत अमेरिकी साम्राज्यवादले नेपाललाई उपनिबेश बनाउन खोजेको नेता पाटनको भनाइ थियो। नेता पाटनले देश बेच्ने दलालहरुले दिने आदेशका विरुद्ध सुरक्षा निकायका सेना,प्रहरीले पनि बिर्द्रोह गर्नुपर्ने बेला आएको उद्घोष गर्नुभयो। नेपाललाई चीन संग लड्ने उपयुक्त भुभागको रुपमा प्रयोग गर्न खोजेको भन्दै एमसिसी सम्झौता कुनै हालतमा पास हुन नदिने उद्घोष गर्नुभयो।
एक अर्को प्रसंगमा नेता पाटनले महालेखा परिक्षकको बेरुजु रकमको सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो।

बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य बिकाशले रास्ट्रघाती एमसिसी सम्झौतामा हस्ताक्षर गर्ने सांसदलाइ गाउँ-गाउबाट कालोमोसो दलेर कार्वाही गर्ने चेतावनी दिनुभयो। ५५ अर्बमा देश बेच्ने दलालहरुका विरुद्ध निर्मम संघर्ष गर्नुपर्ने नेता बिकाशको धारणा थियो।
नेता बिकाशले संसदीय व्यवस्था पुर्ण रुपले असफल भएको भन्दै विकल्पमा जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको विकल्प नरहेको बताउनुभयो। संसदीय सरकार विघटन गरेर प्रगतिशिल संयुक्त सरकार गठन गरि जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने नेता बिकाशको भनाइ थियो।

कार्यक्रमलाइ सम्बोधन गर्दै अखिल(क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले जनतालाइ आतंकित पार्दै एमसिसी पास गर्न खोजे जस्तोसुकै कदम चाल्न बाध्य हुने वताउनुभयो।उहाले मातृभुमीमाथी अमेरिकी साम्राज्यवादको आतंकको विरुद्ध आफुहरु जेल,हिरासत मात्रै नभइ आवश्यक परे बलिदान गर्न पनि पछि नहट्ने बताउनुभयो।

बिरोध प्रदर्शन कार्यक्रमको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य मनोजले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार