विप्लवद्वारा सरकारले उपलब्ध गराएको सुरक्षा गार्ड फिर्ता,एक पिएसओ समेत राखेनन!

डेली न्युजराप्ती       ८ भाद्र २०७९ ०६:३७ मा प्रकाशित     1064 No Comments


काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफुसँग रहेका सुरक्षा गार्ड(पीएसओ) फिर्ता गरेका छन् । विप्लवलाई नेपाल सरकारले उपलब्ध गराएको सुरक्षा टोली आवश्यक नरहेको बताउदै पहिल्यै फिर्ता गरेपनि हाल सम्म एक जना नेपाल प्रहरीका असई विप्लवसँग रहेका थिए ।

महासचिव विप्लवले आफुसँग रहेका पीएसओलाई धन्यवाद सहित विदा गरेका छन। नेकपाको केन्द्रीय कार्यलयले उक्त कुरा पुष्टी गरेको छ। गत साउनमा ललितपुर जिल्ला अदालतबाट महासचिव विप्लव लगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि नेकपाले सरकार तीन बुदेँ सहमतिमा इमान्दार नभएको आरोप लगाइरहेको छ । पुर्जी आदेशको विरोध, राजबन्दीहरुको रिहाई र मुद्दा खारेजी, महंगी विरुद्ध नेकपा सहितको ४ दलीय मोर्चा आन्दोलनरत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार