बबईमा पनि सुरु गर्यो नेकपाले प्रत्येक महिनाको अन्तिम शनिवार गर्ने सामाजिक कार्यको उद्घाटन

डेली न्युजराप्ती       १ असार २०८१ १८:५६ मा प्रकाशित     59 No Comments

जेठ ३२ , दाङ ।
दाङमा विप्लव सी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रत्येक महिनाको अन्तिम शुक्रबार रचनात्मक कार्य गर्ने भएको छ ।
नेकपाको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीले रचनात्मक कार्यलाई ‘रचनात्मक डे’को नाम दिएको छ ।

प्रत्येक महिनाको अन्तिम शुक्रवार गरिने रचनात्मक कार्यमा पार्टीले सार्वजनिक स्थलहरुको सरसफाइ , सरकारी एवम सामुदायिक बिद्यालय , कलेज , क्याम्पसहरुको सरसफाइ , सरकारी अस्पतालहरुमा सरसफाइ , जनसेवाका कामहरु , नमुना निर्माण कार्य , प्रतिक्षालयहरुको सरसफाइ एवम पुनर्निर्माण तथा निर्माण लगाएत नागरिकको प्रत्यक्ष जनस्वास्थ्यसंग जोडिएका सवालहरुमा काम गर्ने पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभयो ।

यसैगरी पार्टीले प्रत्येक महिनामा गर्ने ‘रचनात्मक डे ’को जिल्लाभरी औपचारिक कार्यक्रम मार्फत उद्घाटन समेत गरेको छ ।
जिल्लाका १० वटै पालिकामा गरिने उक्त कार्यको विभिन्न सार्वजनिक स्थलहरुमा सरसफाइ गरि उद्घाटन गरिएको नेकपाले जनाएको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी बबई गाउँकमिटीले पनि गाउँपालिकाको वडा नं.५ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र दाङमा सरसफाइको आयोजना गरी रचनात्मक अभियानको उद्घाटन गरेको जनाएको छ ।

अभियानको उद्घाटनमा पार्टीका बबई गाउँकमिटिका इन्चार्ज उज्वल सीले कार्यक्रमको बारेमा स्पष्ट पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण अनेमसंघ क्रान्तिकारीका दाङ जिल्ला सदस्य अमृता वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार